हेल्थ टुडे
काठमाडौं, ३० फागुन : औषधि व्यवस्था विभागले आकस्मिक जीवन रक्षक औषधिको सूची परिमार्जन गरेको छ । नयाँ रोग र औषधिको विकास भइरहेकाले अत्यावश्यकीय औषधिको सूची परिमार्जन गरिएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।
आकस्मिक जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने १९१ थरीका औषधि, अर्फान रोगका लागि ५५ र बेवास्ता गरिएको रोगको उपचारमा २० थरीका औषधि नेपालमा सूचीकृत भएका छन् । यसभन्दा अगाडि अतिआवश्यक औषधि भनेर मात्रै छुट्याउने गरिएको थियो ।
सबैभन्दा धेरै लाग्ने रोगको आधार वा सर्वसुलभ र गुणस्तरीयतालाई मध्यनजर गर्दै अत्यावश्यकीय औषधिको सूची तयार गरिएको केसीले बताए ।अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपालका विज्ञका छलफल गरेर सूची तयार भएको विभागले जनाएको छ । औषधिको यो सूची राजपत्रमा समेत प्रकाशित भइसकेको छ । औषधिको सूची तयार भएकाले दर्ता प्रक्रियामा सहज र सरकारको प्रथामिकतामा पर्ने केसी बताँउछन् । सरकारले उपलब्ध गराउने विभिन्न निःशुल्क औषधि पनि यसै अन्तर्गत पर्ने विभागले जनाएको छ । यसभन्दा अगाडि अत्यावश्यकीय औषधिको सूचीमा ३ सय ५९ वटा औषधिहरु रहेका थिए
Leave a Reply