• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कारबाहीको माग गर्दै चिकित्सकले निकाले जुलुस

April 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कारबाहीको माग गर्दै चिकित्सकले निकाले जुलुस

हेल्थ टुडे,

विराटनगर, २७ चैत : शंकास्पद मृत्यु भएका चिकित्सक विजय यादव प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने, संलग्नलाई कारबाही र दोषीलाई सार्वजनिक गर्नुपर्ने मागसहित पीडित परिवार र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् ।

घटनाको साता दिन बित्दा पनि दोषीको पहिचान नभएकोमा परिवारजन आक्रोशित भई सडकमा उत्रेका हुन् । विराटनगरको रोडशेष चौकबाट सुरु भएको जुलुस महानगरपालिका परिक्रमा गर्दै जलजला मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरूले ‘घटना मोड्न पाइँदैन, दोषी छाड्न पाइँदैन, पीडितलाई न्याय देऊ, दोषीलाई सार्वजनिक गर र उच्च स्तरीय छानबिन समिति गठन गर’ उल्लेख गरिएका प्लेकार्ड बोकेका थिए ।

सप्तरीको भवानीपुर खुरुखुरीयाका चिकित्सक यादव तीन वर्षदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत थिए । उनी गत शनिबार बिहान अस्पतालदेखि करिब दुई सय मिटर पूर्वको डेरा घरको गेटमा मृत फेला परेका थिए । चिकित्सक विजय यादव न्याय संघर्ष समितिले शनिबार नै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्र पनि बुझाएको छ । समितिका संयोजक हीरा यादवले उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको घेरामा ल्यानुपर्ने माग राख्दै दाहाललाई ज्ञापनपत्र बुझाएको बताए ।

परिवार र आफन्तले योजनाबद्ध तरिकाले यादवको हत्या भएको दाबी गर्दै आएका छन् । यादवको मृत्यु स्वाभाविक नरही अन्यत्रै हत्या गरेपछि घटना लुकाउन शव बोकी डेराको गेटमा ल्याएर फालेको हुन सक्ने यादवको दाबी छ । २७ वर्षीय मृतक चिकित्सक यदुनन्दन यादवका एक्ला छोरा हुन् । उनले छोरालाई ९ वर्ष मलेसियामा मजदुरी गरेर बंगलादेशमा डाक्टर पढाएका थिए । घटनामा संलग्न भएको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । उनले पोस्टमार्टमको रिपोर्टलाई पनि आधार मानेर अनुसन्धान भइरहेको एवं वास्तविकता ठहर हुन थप केही समय लाग्ने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली ’ : आज विश्व स्वास्थ्य दिवस मनाइदै
Next article स्वास्थ्य अनुसन्धानमा हुने लगानीलाई फजूल खर्च ठान्नु हुन्न : मुख्यमन्त्री पाण्डे 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz