• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मधुमेह भएमा के के समस्या देखिन्छन् ?

May 3rd, 2022 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह भएमा के के समस्या देखिन्छन् ?

डा. मनिषा मिश्र,
मधुमेहलाई हामीले सामान्य स्वास्थ्य समस्याको रूपमा कदापि लिनु हँुदैन । यसले शरीरका विभिन्न भागमा असर गर्छ । यसको असर छाला, हात खुट्टा, मिर्गौला, दाँत, गिजा, आँखालगायतका शरीरका महत्वपूर्ण अंगमा पर्छ । मधुमेह भनेको रगतमा ग्लुकोजको मात्रा अचानक आवश्यकताभन्दा कम हुनु र रगतमा चिनीको मात्रा धेरै बढी हुनु हो । शरीरमा अचानक ग्लुकोजको मात्रा बढी हुनुलाई हाइपोग्लाइसेमिया भनिन्छ, भने शरीरमा चिनीको मात्रा बढी भएर हुने मधुमेहलाई हाइपरग्लाइसेमिया भनिन्छ । रगतमा ग्लुकोजको मात्रा कम भए यी समस्या आउछन । सामान्य अवस्थामा रगतमा भएको ग्लुकोजको मात्रालाई व्यायाम गरेर र खानामा ध्यान दिएमा कन्ट्रोल गर्न सकिन्छ । तर रगतमा ग्लुकोजको परिणाम २४० एमजी वा सोभन्दा बढी भएमा शरीरमा किटोन भन्ने हानिकारक रसायन उत्पादन हुन सक्छ । रगतमा किटोन बढी भएमा श्वासप्रश्वासमा समस्या हुनु, मुखबाट कुहिएको फलफूलको जस्तो गन्ध आउनु, वाक्वाक् आउनु, बान्ता हुनु, मुख सुक्खा हुने हुन्छ ।
वास्तवमा किटोननामक रसायन शरीरले आवश्यक शक्तिको रूपमा चाहिने मात्रामा ग्लुकोज उपयोग गर्न नसकेपछि विकल्पको रूपमा बोसोलाई टुक्राएर शक्ति उत्पादन गर्न खोज्छ । यसै क्रममा शरीरमा शक्तिसँगै किटोननामक रसायनको पनि निमार्ण हुन्छ । मधुमेहले शरीरमा निम्त्याउने समस्या ः
१. छालाका समस्याहरू ः
मधुमेहका कारण छालामा विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । रगतमा चिनीको मात्रा धेरै भएकाले कीटाणुहरू छालामा बाँचिरहेका हुन्छन् । यसले गर्दा सानोतिनो घाउ पनि निको नै नहुनु वा निको हुन सामान्यभन्दा धेरै नै समय लाग्ने हुन्छ । यो मधुमेहको पहिलो लक्षण पनि हो ।
२. आँखाका समस्याहरू ः
आँखामा जलबिन्दु, मोतीबिन्दुजस्ता समस्याहरू आउनुका साथै धमिलो दृष्टि हुनु, कालो दाग वा बिजुली चम्किएको जस्तो झिमिकझिमिक देखिन सुरु हुन्छ । यस्तो भएमा  सक्दो छिटो चिकित्सकको सल्लाह लिनु पर्छ ।
३. खुट्टाका समस्याहरू ः
मधुमेहीहरूलाई खुट्टाको चेतना नै हुँदैन । खुट्टाको चेतना नभएको अवस्थामा त्यहाँ भएका नसाहरूमा खराबी हुन्छ यसलाई लभगचयउबतजथ भनिन्छ । रक्त प्रवाहमा कमी भएर पनि खुट्टामा चेतनाको कमी हुन्छ । जसले गर्दा खुट्टामा घाउहरू भएमा पनि थाहा हुँदैन । त्यसैले दिनहँु खुट्टाको हेरविचार र स्याहार गर्न एकदम जरुरी छ ।
४. दाँत, गिजा तथा मुखको समस्याहरू ः
हरेकपल्ट खाना खाएपछि खाँत सफा गर्नका साथै मुख कुल्ला गर्नुपर्छ । यसो गर्दा मुखमा हुने विभिन्न प्रकारका समस्याहरूलाई कम गर्न सकिन्छ । होसियारीका साथ दाँतमा ब्रस गरे गिजामा चोटपटक पनि लाग्दैन र मुख सफा हुन्छ ।
५. मिर्गौलाको समस्याहरू ः
सामान्यतया मृर्गौलाले रगतबाट शरीरलाई नचाहिने वा हानिकारक हुन सक्ने कुराहरूलाई रगतबाट छानेर शरीर बाहिर फाल्छ तर रगतमा भएका प्रोटिनहरूलाई चाँिह शरीरभित्रै राख्छ । मधुमेह भएको खण्डमा रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले गर्दा मिर्गौलाले रगतलाई धेरै छानिरहने हुन्छ । यसरी रगतलाई बढी मात्रामा छान्न परेकाले मिर्गौलामा बढी चाप पर्छ र त्यसको कार्यक्षमता कम हुँदै जान्छ । धेरै वर्षपछि मिर्गौलाले प्रोटिनलाई छानेर शरीरमा राख्न पनि सक्दैन र पिसाबबाट बाहिरिन्छ । सो अवस्थालाई माइक्रो एल्बुमिनुरिया भनिन्छ र मिर्गौलाको कार्यक्षमता कम भएको अवस्थालाई मधुमेहको नेफ्रोप्याथी भनिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० लाख जनसंख्यामा कुनै न कुनै किसिमको मृगौलाको रोग
Next article बच्चामा हुन सक्छ क्यान्सर

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz