• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बच्चाको आँखामा देखिने समस्या के के हुन् ?

May 10th, 2022 बिशेषज्ञ लेख, समाचार, स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चाको आँखामा देखिने समस्या के के हुन् ?

काठमाडाैं, २७ बैसाखः बालबालिकामा आँखामा विभिन्न समस्या देखिन्छन् र कोरोना संक्रमणका कारण विगत दुई वर्ष लकडाउन हुँदा अधिकांश बालबालिकामा दृष्टिदोषको समस्या बढेको पाइन्छ ।
दृष्टिदोष भनेको टाढाको र नजिकको चिज देख्न नसक्ने अवस्था हो । टाढाको चिज देख्न नसक्नुलाई दूर दृृष्टिदोष र नजिकको नदेख्ने अवस्थालाई अदूरदृष्टि दोष भनिन्छ । गत दुई वर्षमा अधिकांश बच्चा घर बाहिर जान पाएनन् । घरभित्रै थुनिएर बस्नु पर्दा उनीहरूको खेल्ने वा समय बिताउने साधन नै ल्यापटप मोबाइल वा ट्र्याप भए । स्कुल पनि अनलाइन भएकाले धेरै समय कम्प्युटरमा स्क्रिनमा हेर्नु प¥यो । जसका कारण ठूलो संख्यामा स्कुल बालबालिकाको आँखाको ज्योतिमा ठूलो समस्या देखिएको छ ।
त्यसैगरी एउटा वा दुवै आँखाले कम देख्ने समस्या पनि बच्चाहरूमा हुन्छ । यस्तो अवस्थालाई अल्छी आँखा भनिन्छ । यस्तो अवस्थालाई भविष्यमा यसले दृष्टिविहीन अवस्था पनि ल्याउन सक्छ । अल्छी आँखा भएको व्यक्तिको आँखाको दृष्टि नर्मलभन्दा कम हुन्छ ।
यसका अलावा बालबालिकामा मौसमी रोग पनि हुन्छन् । भाइरल रुघा वा संक्रमणका कारण आँखा पाक्नेसम्मको समस्या आउँछ । गर्मी मौसममा एलर्जी हुने समस्या पनि उत्तिकै हुन्छ । कसैकसैमा आँखामा आँसु कम हुने समस्या पनि देखिन्छ । आँखा सुक्खा भएपछि पनि आँखामा दृष्टि कम हुन्छ ।
५० वर्षपछि मात्र मोतीबिन्दु हुन्छ भने मान्यता छ । तर त्यसो होइन जन्मजात नै पनि मोतीबिन्दु हुने सक्छ ।
त्यसैले बालबालिकाको आँखा जोगाउनु आमाबुवाको पनि जिम्मेवारी हो ।
दृष्टिदोषबाट बचाउन बच्चालाई चाहिनेभन्दा बढी समय मोबाइल, ल्यापटपजस्ता इलेक्ट्रिक चिज दिनु हुँदैन ।
हरेक दिन बिहान कम्तीमा पनि आधा घण्टा घाममा बसाउनु पर्छ । यसबाट भिटामिन ‘डी’ को कमी पूर्ति गर्न सकिन्छ ।
यसका साथै हरियो सागसब्जी, पहेँला फलफूल, माछामासु खुवाउनु पर्छ । जंगफुडबाट टाढा राख्नुपर्छ । आमाको दूध कम्तीमा पनि एक वर्षसम्म खुवाउनु पर्छ । दृष्टिदोषको समयमा उपचार गरेनौं भने सधैंका लागि दृष्टिविहीन हुने भएकाले समयमा बालनेत्रविज्ञकहाँ जानुपर्छ । ६÷६ महिनामा आँखा जाँच गराउनु पर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भपतन पछि देखिने जटिलता
Next article धुम्रपानका कारण नेपालमा बर्सेनि २७ हजारको मृत्यु

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz