हेल्थ टुडे,
काठमाडौं १५ जेठ सरकारले स्यानिटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले यस्तो भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए ।
चालु आर्थिक वर्षसम्म महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यस्तै नेपालमै स्यानिटरी प्याड उद्योग खोल्न चाहने कम्पनीलाई ७ बर्षसम्म आयकरमा छुट, कच्चापदार्थ आयातमा सहुलियत दिने अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।स्यानिटरी प्याड महंगो हुँदा निम्नबर्गिय महिलाहरुले खर्च धान्न नसकी प्याड प्रयोग गर्न नसकेको ठम्याइसहित सरकारले कर छुटको नीति लिएको हो ।