• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङ हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित, हजारौ विपन्न मर्कामा

June 17th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङ हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित, हजारौ विपन्न मर्कामा

हेल्थ टुडे,

काठमाडौं, ३ असार :  सबै नागरिकको स्वास्थ्यमा पहूच पुर्याउने उद्देश्यका साथ सरकारले २०७२ सालदेखि सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रम पछिल्ला वर्ष धर्मराउन थालेको छ । उपचार सेवा उपलब्ध गराएपछि आफुले पाउनु पर्ने भुक्तानी नपाए पछि विभिन्न अस्पतालहरुले स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ( टिचिङ हस्पिटल) भएको छ । टिचिङ हस्पिटलले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको छ ।

डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ । अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
‘सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेको हो,’ अधिकारीले भने,’ अस्पताल प्रशासनले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गरेको थियो । तर, सरकारबाट पैसा नआएको भन्दै भुक्तानी दिन बोर्डले अनाकानी ग¥यो।’
‘आठ करोड पैसाको भुक्तानी नहुँदा पनि सेवा दिइरहेका थियौं । तर, धेरै समयको भुक्तानी बाँकी हुँदा अन्य सेवा प्रभावित भयो । जसले गर्दा बाध्य भएर सेवा बन्द गर्नुपर्यो,’ अधिकारीले थपे ।  हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरोकारवालाको माग
Next article प्रधानमन्त्री देउवाको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz