• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा हैजाले महामारीको रुप लिन सक्ने चिकित्सकको चेतावनी

June 21st, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राजधानीमा हैजाले महामारीको रुप लिन सक्ने चिकित्सकको चेतावनी

हेल्थ टुडे,

काठमाडौँ, ७ असार : राजधानी काठमाडौंमा हैजाले महामारीको रुप लिन सक्ने चिकित्सकले दाबी गरेका छन् । पछिल्ला दिनमा राजधानीमा हैजाका बिरामी भेटिन थालेपछि  लापरवाह गरे महामारीको रुप लिने चिकित्सकले चेतावनी दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसरा काठमाडौंमा हालसम्म २ जनामा हैजा पुष्टि भइसकेको छ भने ४ जनामा संक्रमणको आशंका गरिएको छ । उनीहरू सबैको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार हैजा पुष्टि भएका २ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
भर्ना भएका बिरामीहरूमा दिनमा तिन चार पटक सम्म चौलानीजस्तै पखाला लाग्दा नै कमजोर बनाउने अवस्था रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताइन । संक्रमणका आधारमा उपत्यकामा हैजा फैलिइसकेको उनले आशंकासमेत गरिन । ‘बिरामीको अवस्था हेर्दा उपत्यकामा २÷४ दिनमै हैजाको प्रकोप थप बढ्न सक्ने आधारहरू देखिएको छ,’ उनले भनिन्, ‘३÷४ पटकसम्म चौलानी जस्तो पखाला भएपछि नै पूरै अशक्त भएर बिरामीहरू अस्पताल आइरहेका छन । ’ हैजाको आंशका गरिएका ४ जनाको दिसाको ‘कल्चर’ रिपोर्ट आउन बाँकी रहेको जानकारी डा. रावलले दिइन ।

उनका अनुसार भिब्रियो कलेरी ब्याक्टेरियावाट संक्रमित दूषित खाना वा पानी पिउँदा हैजा लाग्न सक्छ । महामारीको समय भने हैजा संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । संक्रमण भएको २४ घण्टादेखि ५ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । लक्षण देखिएको ३–६ घण्टाभित्रै यसले घातक रूप लिन सक्छ । ‘संक्रमण देखिएपछि बिरामीमा रक्तचाप कम हुन्छ र मुटु तथा मस्तिष्काघात हुने अवस्थासम्म आउन सक्छ,’ उनले भनिन ।

हाल टेकुमा भर्ना भएका संक्रमित र शंकास्पद बिरामीहरूमा स्वास्थ्य जटिलता र ढिलो गरी निको हुने अवस्था देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।पानी वा खाद्य पदार्थमा संक्रमित व्यक्तिको दिसा मिसिँदा यसले अन्य स्वस्थ व्यक्तिमा हैजा सर्न सक्ने भएकाले समयमै सतर्कता अपनाउन नसके हैजाले महामारीको रुप लिनसक्ने टेकु अस्पताल सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनले बताए । खानपानमा थप सतर्कता अपनाउन पर्ने उनले सुभाव दिएका छन । उनका अनुसार झाडापखालाभन्दा हैजाले स्वस्थ वयस्क व्यक्तिलाई केही घण्टामै मृत्युको नजिक पु¥याउन सक्ने बताउँदै उनले रोग प्रतिरोधक क्षमता कम भएका कुपोषित बालबालिका, एचआईभी संक्रमित, अंग प्रत्यारोपण गराएका, दीर्घरोगीलगायत बढी जोखिम रहेको छ । चिकित्सकहरुका अनुसार खानेपानीमा विशेष ध्यान दिनु आवश्यक छ । डा. पुनका अनुसार जारको पानी पनि कतिपय अवस्थामा सुरक्षित छैन । त्यसैले पानी उमालेर माञ पिउनु पर्छ ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री देउवाको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
Next article काठमाडौं बाहिर पोखरामा पहिलो पटक सरकारी अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz