• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 8th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

सुदूरपश्चिममा कुपोषणका कारण बालमृत्यु दर अझै उच्च

July 4th, 2022 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिममा कुपोषणका कारण बालमृत्यु दर अझै उच्च

पदमराज जोशी,

डडेल्धुरा, बैसाख २७ : नवदुर्गा –१ मुक्तिकोटकी मनपुजा कामी २२ वर्ष टेकिन । पाँच वर्षअघि हिरामनी कामीसँग विवाह बन्धनमा बााँधिएकी उनको दुई सन्तानमात्रै जन्माउने चाहना छ । दुई सन्तानको रहर पूरा गर्न उनले तीन वर्षमा तीनवटै शिशुलाई जन्म दिइन्न । अहिले उनको साथमा एउटी छोरी मात्रै छिन ।
चैत ५ मा भेट्दा ६ दिनकी सुत्केरी उनको काख भने रित्तै थियो । जन्माएको भोलिपल्टै सन्तान गुमाएको शोकले गलेकी उनी आफ्नो दुःख खुलेर सुनाउन सक्ने अवस्थामा थिइनन् । सुत्केरी गोठको ढोकामा बसेर टोलाइरहेकी उनको अनुहारको रङ फुङ्ग उडेको थियो । थाकेका आँखाले गाउँपारिपट्टिको मनिकाँडा लेकतिर एकटकले हेरिरहेकी थिइन ।

‘पोहोर साल पुसमा पनि एउटा छोरो भयाको थियो, जन्म्याको चौथा दिन म¥यो । यै पाला त जे भया पनि बाँची झाला (बाँची हाल्ला) सुच्याकी थ्या । यो त झन् दुई दिन पनि रहेन, जन्मेको भोलिपल्टै (चैत १ गते),’ तेस्रो सन्तानका रूपमा जन्मिएको छोरा गुमाएको कुरा उनले दबिएको स्वरमा सुनाइन्, ‘नौ महिनासम्म पेटमा बोकेका दुई सन्तान निकोअरी (राम्रोसँग) खेलाउन पनि नपाई खड (खेर) गए ।’ मृत्यु भएका दुवै शिशुले जन्मेको केही घण्टासम्म रुने, चलमलाउने गरे पनि दूध चुस्न नसकेको र बेहोस भएको बताइन् ।

आफ्नो र तीन वर्षीया छोरीको पनि ज्यान गल्दै गएको उनले सुनाइन् । ‘यसले (छोरीले) पनि असोजदेखि राम्रोसँग भात खाएकी छैन, पहिला जस्तो खेल्दा पनि खेल्दिन । के पो भयो त्यसै गलेकी छ । पेट पनि सुन्निन लागेको छ,’ उनले भनिन्, ‘मलाई पनि चक्कर (रिंगटा) लाग्दो छ, हातगोडा गल्दा छन् । आँखा पनि राम्ररी देख्दैन । तिरिमिरी हुन्छ ।’ उनले आमाछोरी दुवै जना पनि मरिहाल्छौं कि जस्तो लाग्ने गरेको बताइन् । ‘सुइना पनि निका देखिँदैनन् । के भयो ? के भयो ?’ उनले भनिन् ।

सोही गाउँकी जानकी विककी ३ वर्षीया छोरीलाई पनि मनपूजाकी छोरीको जस्तै लक्षण देखिएको थियो । २ वर्षको उमेरमै पेट सुन्निन थालेकी उनी असोजयता सुक्दै गएकी थिइन् । स्थानीय जडीबुटीले निको नभएपछि जानकीले छोरीलाई सामुदायिक स्वास्थ्य केन्द्रमा जचाउन पनि लगेकी थिइन् । त्यहाँको औषधिले पनि निको भएन । विस्तारै खान पनि छोडेकी उनको फागुन २५ गते मृत्यु भयो ।

जानकी त्यस्ती अभागी आमा हुन्, जसले २८ वर्षकै उमेरमा चार सन्तान गुमाइसकेकी छन् । उनले एक छोरा जन्मेको एक सातामा, एउटा चार महिनामा र अर्को छोरी ६ महिनाको हुँदा गुमाइन् । ‘राम्रोसँग दूध नआएर दुई बच्चा त दुधै खान नपाई मरे । यो छोरीलाई धौधौ गरी तीन वर्षसम्म त बचाएकी थिएँ, यसले पनि छोडेर गई,’ उनले भनिन् । आफ्नो दूध नआएपछि बजारको पाउडर दूध खुवाएर छोरी हुर्काएको र पाउडर दूध किन्नकै लागि तीन वर्षमा १७ हजार क्रण लागेको उनले बताइन् ।

यही गाउँकी २२ वर्षीया रमिता विककी छोरीको पनि जन्मेको पाँच दिन नबित्दै फागुन १५ मा निधन भयो । उनले गुमाएको यो दोस्रो सन्तान हो । माघ २३ मा २४ वर्षीया आमा दुमली विकले १२ दिनको छोरा गुमाइन् । उनले गत वर्ष मंसिरमा तीन महिने छोरी गुमाएकी थिइन् ।

सन्तान गुमाउने सबैले एउटै कारण बताए– दूध नआउनु । ‘पेटभरि खान पाया पो दूध आउँदो हो,’ दुमलीले भनिन्, ‘निस्तै भात र रोटा पनि निकोरी खान पाउँदैनौं, काबाट दूध आउनू ?’ महिना पुगेर जन्मिसकेपछि मृत्यु हुने बालबालिकाको तुलनामा प्राकृतिक रूपमै गर्भपतन हुने (गर्भ तुहिने) समस्या झन् चर्को भएको स्थानीय महिलाले बताए । ‘जन्मिएर मर्ने बच्चाभन्दा गर्भ नै खेर जाने पनि कति छन्,’ आफ्नो मात्रै चारपटक गर्भपतन भएको बताउने ४० वर्षीया मरु विकले भनिन्, ‘सालकै दुई÷तीन चोटि गर्भ खेर गएका महिला पनि धेरै छन् ।’

यहाँ उल्लेख गरिएका प्रसंगमात्रै मुक्तिकोट गाउँमा सन्तान गुमाएका आमाको विवरण दिन पर्याप्त छैनन् । साविकको साप्पाटा गाविस–९ मा पर्ने मुक्तिकोट बाजुराको यस्तो गाउँ हो, जहाँ कुनै घरमा यस्तो आमा भेटिँदैनन् जसले सन्तान नगुमाएको होस् । ३२ वर्षको उमेरमा १२ पटक गर्भवती भएर चार वटा सन्तान गुमाइसकेकी जनसरा विक भन्छिन्, ‘यै गाउँमा बच्चा खड (खेर) नगयाकी बैकिनी (महिला) त को हुन्नी (को होलिन् ?) कसैका त ७÷८ बच्चा पनि खड गयाका छन् ।’ २०७८ असारयता मात्रै यो गाउँका १५ बालबालिकाको मृत्यु भइसकेको छ । यसरी ज्यान गुमाउनेमा जन्मेको १ दिने शिशुदेखि १५ वर्षसम्मका किशोरी छन् । (यो तथ्यांक रिपोर्टिङका क्रममा सन्तान गुमाएका आमाबाबुलाई भेटेर संकलन गरिएको हो ।)

साविकको साप्पाटा गाविस–९ मा पर्ने गैरा, मेला, नाउला, खोली, चुँइकेडाडा, माझवाडा, खोलासा, भैइसाखाली, काडेडिल, मुक्तिकोट र रल्क्या टोलमा ३ सय ९४ बढी परिवार दलित समुदायको बसोबास छ । सरकारका निकायले यहाँ भइरहेको बालमृत्युको समाधानको पहल गर्नु त परै जाओस्, तथ्यांकसमेत राखेको छैन । सबै गाउँमा पुगेर तथ्यांक संकलन गर्ने हो भने यो वर्षमात्रै ज्यान गुमाएका बालबालिका र किशोरकिशोरीको संख्या योभन्दा दोब्बर हुन सक्ने स्वामिकार्तिक खापर गाउँपालिकाका कृषि प्राविधिकसमेत रहेका मुक्तिकोटका स्थानीय बलबहादुर विकको भनाइ छ । ‘दिन, साता बिराएर कसै न कसैका बच्चा मरेकै हुन्छन्, यस्तो रेकर्ड कसैले राखेको छैन, रेकर्ड राखेर साध्य पनि छैन,’ उनले भने, ‘सबै टोलमा गएर बुझ्ने हो भने त यो वर्षमात्रै ३०÷४० जना बालबालिका मरिसके होलान् ।’

यहाँ मृत्यु भएका बालबालिकाको तथ्यांक कसैले पनि राख्ने नगरेको मुक्तिकोटस्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख उमेश शाहीले बताए । ‘त्यस्तो रेकर्ड त कसैले राख्ने गरेको छैन, टोलटोलमा गएर बुझ्ने हो भने सबै डाटा आउन सक्छ,’ उनले भने । उनले मुक्तिकोटमा कुपोषणको अवस्था भयावह रहेको र कुपोषणकै कारण बालबालिकाले ज्यान गुमाइरहेको जनाउँदै स्थानीयको लापरबाहीका कारण उपचार गराउन समस्या भइरहेको बताए । ‘हामीले एक महिनाअघि मात्रै ४० जना बच्चाको कुपोषण जाँच गर्दा ३६ जना कुपोषित भएको भेट्यौं, तीमध्ये १५ जनामा त निकै कडा खालको कुपोषण छ । समयमै उपचार पाएनन् भने आजभोलि नै मृत्यु हुन सक्छ,’ उनले भने, ‘उपचार गर्न मार्तडी (सदरमुकाम) जाऊ भन्दा मान्दैनन् । मार्तडी पठाउँछन् भन्ने डरले धेरैजसो जाँच गर्न पनि आएनन् ।’ उनले यो गाउँमा २ सयभन्दा बढी ५ वर्षमुनिका बालबालिका रहेको र सबैजसो कुपोषित भएको बताए ।

यहाँको कुपोषणको अवस्थाबारे अध्ययन गरेको खाद्य अधिकारसम्बन्धी काम गर्ने संस्था फियान नेपालको अध्ययन प्रतिवेदनले पनि यहाँका बालबालिका मात्रै नभएर ९५ प्रतिशत महिला र किशोरकिशोरीसमेत कडा खालको कुपोषणबाट पीडित रहेको उल्लेख छ । अध्ययनका क्रममा पोषणयुक्त खाना र स्वच्छ पिउने पानीको अभावमा यहाँका मानिसहरू कुपोषित हुन पुगेको, प्रत्येक वर्ष सरदर ४८ जना बालबालिका, किशोरकिशोरी र आमाहरूको कुपोषणकै कारण मृत्यु भइरहेको भए पनि राज्यले समस्या समाधानको लागि कुनै पहल नगरेको पाइएको अध्ययनको निष्कर्ष रहेको फियान नेपालको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले पनि मुक्तिकोटमा कुपोषणको अवस्था विकराल रहेको र यसमा स्वास्थ्य क्षेत्रले पहल गरेर मात्रै समस्या समाधान नहुने बताए । ‘त्यहाँको अवस्था हेर्न र सुन्न नसकिने खालको छ तर स्वास्थ्यले मात्रै गरेर केही हुने वाला छैन,’ उनले भने, ‘हामीले त कुपोषणको अवस्था जाँच गर्ने, पोषिलो खाना खानुस् भनेर सल्लाह दिने हो तर उनीहरूलाई खानेकुरा नै छैन भने कहाँबाट पोषिलो खान्छन् ?’

अत्यन्तै सुक्खा र भिरालो ठाउँमा रहेको यस गाउँमा खेतीपाती हुन छोडेको धेरै वर्ष भइसक्यो । यहाँका स्थानीयले भएको जग्गामा खेती गर्न कोसिस नगरेका पनि होइनन्, बर्सेनि पर्ने खडेरीले उत्पादन शून्य हुन थालेपछि आफूहरूले दुःख गर्न छोडेको स्थानीय धन विक बताउँछन् । ‘खेती नलगाएको होइन । खडेरीले गर्दा कहिले लगाएको बीउ नै नउम्रिने, उम्रिहाले पनि गह्रामै सुक्न थाले,’ उनले भने, ‘लगातार ८÷१० वर्षसम्म एक गेडो अन्न उब्जिएन । त्यसपछि बीउ छर्नै छोडिदियौं ।’

१० वर्ष पहिलासम्म हिउँदमा हिउँ पर्ने भएकाले सानोतिनो उब्जनी हुने गरेको तर हिउँसमेत पर्न छोडेसँगै खेतीपाती गर्न छोडेको उनले बताए । ‘बर्खामा कसैकसैले कोदो लगाउँछन्, पानी प¥यो भने एक–दुई महिना खाने उब्जनी हुन्छ, पानी परेन भने त्यो पनि खेतमै सुक्छ,’ उनले भने ।

यो गाउँमा साग तरकारी, फलफूल केही पनि उब्जनी हुँदैन । ठाउँठाउँमा पहिरो खसेका कारण यहाँका दर्जनौं घर जोखिममा छन् । गाउँमा रोजगारीको उपाय केही नभएका यहाँका प्रायः घरका युवाको एक मात्रै रोजगार गन्तव्य भारत हो । १५ वर्षमाथिका युवा गाउँमा भेटिँदैनन् । उनीहरू भारतको राजधानी दिल्ली, उत्तराखण्डको पौडी, गडवाल, देहरादून, नैनीताल, अल्मोडा, रानीखेत, पिथौरागढ, बागेश्वरलगायत ठाउँमा ज्याला मजदुरीका लागि जाने गरेका छन् । ‘कोहीकोही त परिवार बालबच्चा लगेर ५÷६ वर्षदेखि उतै बसेका छन्,’ स्थानीय नरे कामीले भने, ‘यहाँ बसेर खान पुग्दैन । उतैबाट कमाएको पैसाले पेट पाल्ने हो । त्यसले पनि पुगेन भने क्रण काढेर खान्छौं । जसरी पनि बाँच्नु त प¥यो ।’

चरम गरिबीको भुङ्ग्रोमा पिल्सिरहेको यो गाउँका बासिन्दाले विकासका आधारभूत पूर्वाधारसमेत नभएको बताए । यो गाउँबाट कालीकोटको सीमा दल्बाले बिसौनासम्म पुग्ने सडक केही महिनाअघि मात्रै निर्माण भएको छ । यद्यपि यहाँ नियमित सवारीसाधन चल्न थालेका छैनन् । ‘कोही मोटरसाइकल गाडी ल्याएर आउँछन्, पैसा हुनेहरू कोल्टीबाट २०÷२५ हजारमा जिप रिजर्भ गरेर पनि आउँछन्,’ स्थानीय ढुल्की विकले भनिन्, ‘हामी आगो बाल्न सलाई किन्न पनि पैसा नपाउनेहरू केले गाडी चढ्नु ? गाडी गुडेको हेर्दै रमाउने मात्रै हो ।’ उनले स्थानीय दैनिक उपभोग्य सामान किन्नका लागि अहिले पनि दुई दिन हिँडेर जगन्नाथ गाउँपालिकाको पिलुचौर जाने गरेको बताइन् ।

यो गाउँमा सबैभन्दा ठूलो समस्या खानेपानीको छ । १ सय ६० परिवारको बसोबास रहेको मुक्तिकोट टोलका स्थानीयको पिउने पानीको एउटा मात्रै धारा छ । त्यहाँ बिहानदेखि बेलुकासम्म पानी भर्नेको ताँती हुन्छ । अन्य टोलकाले परम्परागत कुवा वा खोलाको अशुद्ध पानी पिउने गरेका छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले यहाँ गत असारमा मात्रै खानेपानी योजना निर्माण गरेको थियो तर साउनमा पिपलधार भन्ने ठाउँमा आएको ठूलो पहिरोले मुहानका सबै संरचना बगाएपछि स्थानीयको शुद्ध पानी पिउने सपना पनि पहिरोसँगै बगेको छ ।

गाउँमा आधारभूत स्वास्थ्य इकाइ छ । दुई वर्षअघि स्थापना भएको स्वास्थ्य इकाइमा पर्याप्त औषधि नहुने र सबै रोगको उपचार नहुने भएकाले स्थानीय रोग पालेर बस्न बाध्य छन् । ‘गाउँको स्वास्थ्य चौकीमा कहिलेकाहीं सिटामोल पनि पाइँदैन । ठूलो रोग लाग्यो भने धनगढी नेपालगन्ज जानुपर्छ,’ ४० वर्षीया छाटा विक भन्छिन्, ‘हामी बिहान साँझ खाना खाने पैसा त पाउँदैनौं । जहाज चढेर उपचार गर्नलाई कहाँबाट खर्च पाउनू ?’

यो गाउँमा उमेर नपुग्दै विवाह गर्ने चलन छ । प्रायः महिलाहरू १३÷१४ वर्षकै उमेरमा विवाह गरेर १५÷१६ वर्षमा पहिलो बच्चा जन्माइसक्छन् । ‘गाउँमा २० वर्षपछि विवाह गर्ने महिला नै भेटिँदैनन्,’ १४ वर्षमा बिहे गरेर १६ नपुग्दै एक छोरीलाई जन्म दिइसकेकी मनमिला विकले भनिन्, ‘ढिला बिहे ग¥यो भने तिम्रो दामलका सबैले बिहे गरिसके । तिमीले पनि गर्नुपर्छ भनेर भन्छन् ।’ उनले छिटो विवाह गर्नका लागि परिवार र छिमेकीबाटै दबाब आउने गरेको बताइन् । मुक्तिकोटको दुरवस्थाको बारेमा चित्रण गर्दै उनले भने, ‘त्यहाँ समस्या के छ भन्दा पनि के समस्या छैन भनेर खोज्नुपर्ने अवस्था छ ।’

यो गाउँको गरिबीको अवस्थाबारे छुट्टै अध्ययन कसैले पनि गरेको छैन । तर गरिब घर परिवार पहिचान बोर्डले तयार गरेको प्रतिवेदनले स्वामिकार्तिक खापर गाउँपालिकाको ७५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि देखाएको छ । मानव विकास प्रतिवेदन २०१५ र राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदनमा बाजुराको ६४.१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको र बाजुरालाई नेपालको सबभन्दा गरिबको कोटिमा राखेको छ । सुदूरपश्चिमका बैतडी, डेडेल्धुरा, दार्चुला सबैमा पोषणको अवस्था दयनिय छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बैतडीमा बर्षेनी सर्पको डसाइले अकालमै मृत्यु, जिल्लामा छैन उपचार
Next article सिंहदरबार वैद्यखानाबाट चार महिनापछि औषधि उत्पादन सुरु, कर्मचारीले पनि पाए तलब

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz