• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अर्बुद रोग निवारण संस्थाले मनायो ४० बार्षिकोत्सव, कामनपाको धूम्रपान निषेध गर्ने निर्णयको स्वागत

September 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अर्बुद रोग निवारण संस्थाले मनायो ४० बार्षिकोत्सव, कामनपाको धूम्रपान निषेध गर्ने निर्णयको स्वागत

हेल्थ टुडे,
काठमाडौं, ३१ भदौ : नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो स्थापनाको ४० औं बार्षिकोत्सव मनाएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि संस्थाले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं संस्थापक कर्ण शाक्यले काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि महानगरपालिकाको सार्वजनिक स्थलमा धूम्रपान र सूर्तिजन्य पदार्थ सेवन गर्न नपाइने निर्णयको स्वागत गर्दै त्यसलाई व्यवहारमा उतार्न संस्थाले सक्दो सहयोग गर्ने बताए ।

सूर्तिजन्य पदार्थ सम्बन्धी ऐनमा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था गरे पनि व्यवहारमा  उक्त कानूनको कार्यन्वयन एकदमै फितलो छ । पूर्व अध्यक्ष शाक्यले सूर्तिजन्य पदार्थको सेवन न्यून गर्न जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकता अहिले पनि उत्तिकै रहेको बताए । क्यान्सरले  ३९ वर्ष पहिले ३ महिनाको अन्तरालमा आफूले पत्नी र छोरी गुमाउदा सरकारलाई क्यान्सर अस्पताल खोल्न आग्रह गर्दा नमानेको स्मरण गर्दै अहिले पनि क्षयरोगको उपचारमा विदेशी सहयोग आइरहेको तर भयाभव रुपमा फैलिइरहेको क्यान्सरको उपचारका लागि सहयोग नहुनु दुखद भएको बताए ।

एक चुरोट बराबर एक पैसा अन्त शुल्क लिएर स्वास्थ्य कर उठाउनु पर्छ र त्यो रकम क्यान्सर विरामीको उपचार तथा जनचेतना बिस्तारमा खर्च गर्नु पर्छ भन्ने आफ्नो प्रस्ताव सरकारले मानेर अन्तशुल्क उठाइरहको भए पनि संकलित रकमको सही सदुपयोग हुन नसकेको शाक्यले बताए । कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले राजनीतिक दलका आमशभाहरुमा चुरोट तथा सूर्ति निषेध गर्नु पर्ने बताए । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी डा. जय गुरुङले संस्थाले ४० वर्षमा उदाहरणिय काम गरेको बताए । संस्थाका अध्यक्ष महेश श्रेष्ठले सूर्तिजन्य पदार्थ नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न विधाका व्यक्ति एवं संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. अचला बैद्यलाई बेलायतको रोयल कलेजको फेलोसिप
Next article आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz