हेल्थ टुडे,
काठमाडौं, ११ पुष : पुष्पकमल दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डलले आज राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेर विभिन्न मन्त्रालयको बाडफाड गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कस्ले लिने भन्ने टुंगो लागेको छैन् । अर्थ, गृह, भौतिक योजना मन्त्रीको टुंगो लागे पनि स्वास्थ्य मन्त्रालयको टुगो नलागेको हो । ४ जना मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानलाई सपथ प्रहण गराइए पनि उनीहरुलाई जिम्मेवारी दिइएको छैन । उनीहरुको जिम्मेवारी पछि तोकिने बताइएको छ ।
पार्टीहरुमा भागबण्डा नमिल्दासम्म स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिने गरि तोकिएको छ । बिगत ५ वर्षको अवधिमा स्वास्थ्य मन्त्रालयमा १० जना मन्त्रीले जिम्मेवारी सम्हालेर मन्त्रालयलाई अस्थिर बनाएको आरोप लागेका बेला स्वास्थ्यलाई प्राथमिकतामा राखेर जिम्मेवारी तोक्नु पर्ने सरोकारवालाको माग छ । रा. स्वतन्त्र पार्टीले स्वास्थ्य मन्त्रालय आफुले पाउनु पर्ने अनौपचारिक माग राखेको भए पनि एमाले नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा छलफल हुन बाकी रहेको स्रोतले बताएको छ । स्वतन्त्र पार्टीबाट वरिष्ठ स्त्री रोग विज्ञ प्रा. डा. चन्दा कार्की र ललितपुरबाट निर्वाचित डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालय सम्हाल्ने इच्छा जनाएका छन् ।
स्वास्थ्य मन्त्रालय कस्को भागमा ? आज टुंगो लागेन

Subscribe
Login
0 Comments