• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

January 13th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

हेल्थ टुडे,
काठमाडौँ , २९ पुष : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।

उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो । उज्वेकिस्तानको स्वास्थ्य मन्त्रालयको गुणस्तर नियन्त्रण प्रयोगशालाले यी दुई कफ सिरपमा अस्वीकार्य मात्रामा ‘डाइथिलिन ग्लाइकोल र ‘इथिलीन ग्लाइकोल’ फेला पारेको बताएको छ । यी पदार्थ मानिसका लागि विषाक्त हुन्छन् र यदि सेवन गरेमा घातक हुन सक्छ ।
उज्वेकिस्तानमा सिरपको कारण मृत्यु भएपछि उक्त कम्पनीलाई खाद्य सुरक्षा विभागले उत्पादन लाइसेन्स खारेज गरिसकेको छ । यी सिरपहरू बालबालिकाहरूलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना र फर्मासिस्टको सल्लाहमा चाहिनेभन्दा बढी डोज दिइएको बताइएको छ । यसअघि भारतमै निर्मित ४ कफ सिरपका कारण गाम्बियामा ७० बालबालिकाको मृत्यु भइसकेको छ ।

भारतीय कम्पनीद्वारा निर्मित ४ ’कफ सिरप’ नखान डब्लूएचओको चेतावनी

डब्लूएचओले यी दुवै उत्पादनहरू अन्य देशहरूमा पनि मार्केटिङ स्वीकृति पाएका हुन सक्छन् र अनौपचारिक बजारहरूमार्फत, अन्य देश वा क्षेत्रहरूमा वितरण गरिएको हुन सक्ने बताएको छ ।
कम्पनीले कफ सिरपकै कारण मृत्यु भएको भनी लगाइएको आरोप अस्वीकार गरेको छ । कम्पनी भन्छ–‘डक–१ म्याक्स कफ सिरपको प्रत्येक १०० एमएलका२० हजार बोतलहरू उज्वेकिस्तानको सम्पूर्ण भूगोलमा आपूर्ति गरिएको थियो तर मृत्यु एउटा भौगोलिक क्षेत्रमा मात्र रिपोर्ट भएको छ।’ उसले मृत्यु अरु कारणले हुन सक्ने भन्दै सिरपमा दोष लगाउन नहुने भनेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीर अस्पतालमा पनि फोनपे क्यूआर मार्फत सहजै भुक्तानी गर्न सकिने
Next article क्यान्सरको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ : उपराष्ट्रपति पुन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz