• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्यान्सरको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ : उपराष्ट्रपति पुन

January 14th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्यान्सरको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ : उपराष्ट्रपति पुन

हेल्थ टुडे,
काठमाडौं, ३० पौष : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा शुक्रबार आयोजित ३२औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर विरामीलाइ स्वदेशमै उपचार गराउन अत्याधुनिक मशिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ।
उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई निशुल्क र समान पहुँचको ग्यारेण्टी गरेपनि उपचारको अभावमा गरीब जनताले विभन्न रोगबाट मृत्यु वरण गर्नुपरेकोमा दुःख व्यक्त गर्नुभएको छ।
उहाले कार्यक्रममा बोल्दै अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको बताउनु भएको छ।
नेपालमा बर्षेनी ३० हजार भन्दा बढि क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।
उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण सस्थाले अन्तराष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताउनु भयो।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानि हुन नसकेको बताउनु भएको छ। अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसग सहकार्य र समन्वय गरी अघि बढ्ने तयार रहेको बताउनु भएको छ। नेपाल अर्वुद रोग निवारण संस्थाले रोकथाम कार्यक्रम अन्तर्गत क्यान्सर सचेतना कार्यक्रम, सुर्ती नियन्त्रण कार्यक्रम, उपत्यका भित्र र नेपालका दुर्गम भागहरुमा क्यान्सर जाँच शिविर जस्ता कार्यक्रम गरिरहेको छ। अध्यक्ष श्रेष्ठले उपचारत्मक क्षेत्रमा संस्थाले ज्ञ सय पचास शैयाको भक्तपुर क्यान्सर अस्पताल स्थापना र सञ्चालनका लागि महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै सरकारले सो योगदानको उचित मुल्यांकन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भुमिका खेल्ने लक्ष्य रहेको बताउदै संस्थाले चाडै उच्चस्तरको विश्वसनीय डायोग्नोष्टीक केन्द्रको अवधारणा अघि सार्नु भएको छ।
प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले क्यान्सर रोग नियन्त्रणको प्रतिकात्मक र उपचारत्मक क्षेत्रमा गर्नुपर्ने कार्यमा झक्झक्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। संसदमा सुर्तीजन्य पदार्थ विरुद्ध को अभियानमा संकल्प प्रस्ताव प्रस्तुत गरेको स्मरण गर्दै सरकारले यो क्षेत्रमा पर्याप्त गम्भिरता नदेखाएको जिकिर गर्नुभयो।
संस्थाको उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले संस्थाको उदेश्य पुरा गर्न सहयोग गर्ने बताउनु भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र श्रेष्ठले संस्थाको गर्विलो इतिहासलाइ कायम राखि नयाँ नयाँ योजनाकासाथ उचाइ थप्नुपर्ने नेतृत्वलाइ चुनौती रहेको बताउनु भएको छ। संस्थाका महासचिव विमलकुमार होडाले संस्थाको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
संस्थाको दुइ दिने केन्द्रीय सभामा ४५ जिल्लाका २ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो भने सभाले संस्थाको विधानमा तेश्रो संशोधन समेत गरेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी
Next article यति एयरलाइन्सको दुर्घटनामा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ र उनकी पत्नी डा. सोनाको पनि मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz