• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

January 19th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

रासस,
सुर्खेत, ५ माघ : मुगुको छायाँनाथ रारा नगरपालिकाका मिलन विक केही दिन अगाडि आफन्तलाई लिएर स्थानीय स्वास्थ्य संस्थामा गएका थिए । मिलनले त्यहाँ स्वास्थ्य जाँच गराए ।
आँखासम्बन्धी समस्या लिएर गएका उनले त्यसको औषधि भने पएनन । औषधि नपाएपछि उनी जाँच गराएर घर फर्किए । स्थानीय स्वास्थ्य संस्थामा सरकारले दिने सबै प्रकारका औषधि अहिले पनि पाउन समस्या रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘एन्टिबायोटिक्स, आँखाको औषधिलगायतका सरकारले निःशुल्क प्रदान गर्ने सबै औषधि पाउन सकिन्न । विगतदेखिकै समस्या अहिले पनि कायम छ ।’ नजिकै सरकार आएपछि ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवा सहज पाउने आशा जुन थियो, त्यो पूरा नभएको उनको भनाइ छ ।

‘अहिले नजिकै सरकार आएको छ तर हिमाली जिल्लामा औषधि नपाइने अवस्था कायमै छ । अस्पताल छन्, डाक्टर छैनन्, डाक्टर छन् औषधि छैन।’ उनी मात्रै होइन कर्णालीका हिमाली जिल्लाका नागरिकको समस्या यस्तै छ । उनीहरूले अहिले पनि सहजरूपले स्वास्थ्य उपचार पाइरहेका छैनन् ।

पालिकाअन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा औषधि नहुँदा बिरामी मर्कामा पर्ने गरेका हुन् । सरकारी स्वास्थ्य संस्थामा ७२ प्रकारका औषधि निःशुल्करूपमा पाइन्छ । तर औषधि नै नभएपछि नागरिक किनेर औषधि पाउँदैन ।
स्वास्थ्य संस्थामा स्थानीय सरकारबाट खरिद गरी वितरण गर्ने औषधि हालसम्म खरिद भएको छैन । खत्याड गाउँपालिका अन्तर्गत गुम्था हेल्थ पोस्टका इन्चार्ज मानबहादुर रोकाय गाउँपालिकाले समयमा औषधि खरिद नगर्ने र गाउँपालिकाको स्टोरमा भएको औषधि स्वास्थ्य संस्थामा समयमै नआउने समस्या रहेको बताउँछन् ।
उनी भन्छन्, ‘पहिलेको जस्तो औषधि नपाउने अवस्था त होइन, तथापि गाउँपालिकाले समयमै औषधि खरिद गरी नपठाउँदा औषधि नपाएको नागरिकको गुनासो सही हो, यसमा सरकारले नै पहल गर्नुपर्छ ।’

भौगोलिक विकटता र अन्य प्राविधिक समस्याले गर्दा समयमै स्वास्थ्य संस्थामा औषधि नआउने गरेको भन्दै कहिलेकाहीँ औषधि अभाव हुने गरेको उनले सुनाए । हिमाली जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीले सबै प्रकारका औषधि सहजै पाउन सक्ने अवस्था छैन। उनले भने, ‘औषधि नपाइने होइन पाइन्छ, तर सरकारले निःशुल्क दिने सबै प्रकारका औषधि भने पाउन मुस्किल छ ।’

जाजरकोटका स्वास्थ्य संस्थामा पनि बिरामीले औषधि नपाएको गुनासो गरेका थिए । छेडागाड नगरपालिका नगर अस्पतालमा कार्यरत अहेव रामप्रसाद शर्माले औषधि खरिद प्रणालीबाट हुने भन्दै पालिकामा बजेट अभावले गर्दा पनि औषधि खरिद हुन नसकेको बताए ।

उनका अनुसार औषधि अभावभन्दा पनि खरिद प्रक्रियामा ढिलाइ भएको हो । उनले भने, ‘स्थानीय तहले औषधि खरिद प्रक्रियामा लिएको भए पनि बजेट अभावले समस्या हुँदा औषधि अभाव हुन गएको हो।’
उनका अनुसार सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन आएका बिरामीलाई समस्या पर्ने गरेको छ । कर्णालीका विभिन्न स्वास्थ्य संस्थामा अझै पनि बच्चाका लागि पारासिटामोल, एन्टिबाइटिक्स, आँखाको औषधि, जीवनजललगायत सरकारले निःशुल्क दिने औषधिको अभाव हुने गर्दछ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले भने औषधिको अभाव नरहेको दाबी गरेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले केही जिल्लामा औषधि अभाव भएको भन्ने सूचना आएकाले औषधि पठाउने काम भइरहेको जानकारी दिए । ‘जाजरकोटलगायत जिल्लामा औषधि अभाव भन्ने सूचना आएको छ । हामीसँग औषधि अभाव छैन’, उनले भने, ‘औषधि अभाव भए नभएको बारेमा हामीले रिपोर्टिङ गरिरहेका छौँ, ती ठाउँमा औषधि पठाउने प्रबन्ध मिलाउँछौँ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी
Next article नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz