हेल्थ टुडे,
काठमाडौं, ६ माघ : नेपाली चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि आजदेखि मतदान सुरु हुने भएको छ । दुई चरणम हुने मतदानमध्ये आज माघ ६ र भोली माघ ७ गते उपत्यका बाहिर संघका साखा कार्यालयहरुमा मतदान हुने छ भने दोश्रो चरणमा उपत्यका भित्र माघ १९, २० र २१ गते संघको केन्द्रीय कार्यालयमा मतदान हुने छ । तीन वर्षका लागि हुने नयाँ नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन् । डा.अनिल बिक्रम कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समूह, डा.सन्तोष पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूह र डा. शिबजी सिलवालले नेतृत्व गरेको स्वतन्त्र समूह चुनावी मैदानमा छन् । सबै समूहले आआफ्ना अजेण्डा सहित देशव्यापी दौडाहा सम्पन्न गरेर चिकित्सकहरुसँग मत मागिरहेका छन् । संघको देशभरि करिव १३ हजार मतदाता छन । संघको इतिहासमा लोकतान्त्रिक चिकित्सकहरुको समूहले मात जीत हासिल गर्दै आइरहेको छ । तीन वर्ष पहिले भएको निर्वाचनमा पनि लोकतान्त्रिक समूहका डा. लोचन कार्की दुई तिहाई मतका साथ प्यानलै बिजय भएका थिए ।
नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Subscribe
Login
0 Comments