• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

June 29th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काभ्रेपलान्चोक, १४ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनु पर्ने बताउनु भएको छ । कान्ति बाल अस्पतालले विश्व स्वास्थ्य संगठन र सेन्ट जुडे चिल्ड्रन्स रिसर्च हस्पिटलको सहकार्यका धुलिखेलमा बिहीबार आयोजना गरेको ‘नेशनल वर्कसप अन एसिलेरेटिङ चाइल्डहूड क्यान्सर इनिसिएटिभ ’ बालबालिकामा हुने क्यान्सर सम्बन्धी दुई दिने कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताउनु भएको हो । मन्त्री बस्नेतले भन्नु भयो, ‘नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित गर्नु हाम्रो सामुहिक दायित्य हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो दायित्य पुरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ । ’
कार्यशालामा सहभागी स्वदेशी र विदेशी बाल क्यान्सर रोग विज्ञहरुको सुझाव र सल्लाह अनुसार बालबालिकामा हुने क्यान्सरको उपचारका लागि सरकारले पहल गर्ने मन्त्री बस्नेतले बताउनु भयो । मन्त्री बस्नेतले बालबालिकाको क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुले गरिरहेको उपचार सेवाको प्रशंसा गर्नु हुदै भविश्यका चुनौति सामना गर्ने गरि योजना बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिनु भयो । मन्त्री बस्नेतले क्यान्सरको संक्रमण देखिएका बालबालिका ठूलो संख्यामा उपचारमा नआएको तथ्यांकले देखाएकाले उनीहरुलाई उपचार ल्याउनु पर्ने र निको हुने दर बढाउने गरि काम गर्न विज्ञहरुलाई सुझाव दिनु भयो ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले नेपालमा वर्षेनी १५ सय देखि २ हजार जना बालबालिकामा क्यान्सर देखिने अनुमान गरिए पनि त्यसको एक तिहाईमात्र उपचारमा आउने गरेकोले बाकी बच्चाहरुको खोजी गरेर उपचारमा ल्याउनु पर्ने अहिलेको प्रमुख चुनौति भएको बताउनु भयो । उहाँले भन्नु भयो , ‘ वर्षमा १५ सय देखि २ हजार नयाँ बालबालिकामा क्यान्सर देखिन्छ । तर उपचारमा ५०० मात्र आउछन । दुई तिहाईलाई पनि उपचारमा ल्याउनु पर्छ । ’
विश्व स्वास्थ्य संगठन नेपाल, नसर्ने रोग एवं मानसिक रोगका टीम लिडर डा.ग्याम्पो दोर्जीले नेपालमा कति जना बालबालिकामा क्यान्सर छ भन्ने यकिन तथ्यांकको समेत अभाव भएकाले समस्या थपिएको बताउनु भयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा.युवनिधि बसौलाले कान्ति बाल अस्पताल सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य संस्थामा बालबालिकाको क्यान्सरको उपचार भइरहेको जानकारी दिदै सन् २०३० सम्म क्यान्सरको समस्या भएका ६० प्रतिसत बालबालिकालाई उपचारमा ल्याउनु सक्नु पर्ने चुनौति रहेको बताउनु भयो ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बालबालिकामा हुने क्यान्सरको रोकथाम र उपचारमा सबैको सहकार्य हुनु आवश्यक रहेको बताउनु भयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का समस्य सचिव डा.प्रदीप ज्ञवालीले परिषद्ले क्यान्सर विरामीको तथ्यांक संकलनदेखि अनुसन्धानका क्षेत्रमा काम गरिरहेको र भविश्यमा बालबालिकामा हुने क्यान्सरका बिषयमा पनि अनुसन्धान गर्ने योजना रहेको जानकारी दिनु भयो ।
कान्ति बालअस्पतालका क्यान्सर विज्ञ डा.सुधिर सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै विकसित देशहरुमा ८५ प्रतिसत बालबालिकालाई क्यान्सरको उपचार पछि निको बनाउन सकिने अवस्था रहेको तथ्यांक प्रस्तुत गर्दै नेपालमा वास्तविक तथ्यांकको अभावमा निको हुने दर यकिन गर्न समेत समस्या रहेको बताउनु भयो । नेपालले ‘डब्लूएचओ ग्लोवल इजिसिएटिभ अन चाइल्टहूड क्यान्सर ’ जिआईसिसीमा सन् २०२० मा सुचिकरण भएर सन् २०३० सम्म ६० प्रतिसत बालबालिकालाई क्यान्सरको उपचारमा ल्याउने प्रतिवद्दता जनाएको थियो । सो अनुसार काम अगाडि बढाउन कार्यशाला आयोजना गरिएको हो । कान्ति बाल अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा.बाबुराम गौतमले कार्यशाला निकै फलदायी भएको र विज्ञहरुका सुझावका आधारमा भविश्यको रणनीति बनाएर काम गर्ने बताउनुभयो । कार्यशालामा विश्व स्वास्थ्य संगठन मुख्य कार्यालय, दक्षिण पूर्वि एशियाली राष्ट्रका बाल क्यान्सर विज्ञहरु, विभिन्न देशबाट आउनु भएको बाल क्यान्सर रोग विज्ञहरु, अनुसन्धानकर्ता, नेपालका विभिन्न क्यान्सर अस्पतालका विज्ञहरु र स्वास्थ्य मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरावस्थाको मानसिक स्वास्थ्यका बिषयलाई मिडियाले महत्व दिनु पर्ने विज्ञको सुझाव
Next article विपन्नको उपचारका लागि संघीय अस्पतालले छुट्याए २ हजार २८ वटा निशुल्क शैय्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web