• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 3rd, 2025 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।


गोपीकृष्ण रेग्मी
(स्वास्थ्य करकोषको सचिवालयका सदस्यसचिव)

काठमाडौं, २० बैसाख : सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानीकारक छ । यसको प्रयोगले व्यक्तिको स्वास्थ्य त खराब नै बनायो संगसंगै उसको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलाई पनि नराम्ररी खलल पु¥यायो । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि यसको प्रयोगका कारण लाग्ने रोगबाट अकाल मृत्यु हुने नेपाली नागरिकको संख्या दिनानुदिन बढ्न थाल्यो । त्यसैले यसको प्रयोग अथवा सेवनलाई निरुत्साहित गर्नु पछर्, नियन्त्रण गर्नुपर्छ र नागरिकको अकाल मृत्युलाई घटाउन पर्छ भन्दै सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनको अवधारणा ल्यायो । अनि त्यसलाई कार्यान्वयन गर्नका लागि निर्देशिका, नियमावली र कार्यविधि बनायो । त्यहि नियमावली तथा कार्यविधिबाट जन्मिएको संस्था हो स्वास्थ्य कर कोष सचिवालय । नियममा स्वास्थ्य मन्त्रालयको कानून अधिकृत यसको सदस्य सचिव हुने व्यवस्था छ । त्यहि व्यवस्था अनुरुप अहिले म सदस्य सचिव भएको हुँ । मैले यो जिम्मेवारी सम्हालेको ठ्याक्कै एक वर्ष भयो ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमावलीमा के व्यवस्था गरिएको छ भने सुर्तीजन्य पदार्थमा लाग्ने अन्तशुल्कबाट उठ्ने राजश्वको कम्तिमा २५ प्रतिशत रकम यो कोषमा जम्मा हुनेछ भन्ने व्यवस्था छ । यो रकम अर्थ मन्त्रालयले दिने हो । यद्धपी त्यो अनुसार रकम प्राप्त भइरहेको अवस्था भने छैन । अर्थ मन्त्रालयले नियम अनुसार २५ प्रतिशत रकम करकोषमा दाखिला गर्नु पर्ने भए पनि अहिले ४ प्रतिशत पनि आउँदैन जस्तो लाग्छ । अघिल्ला वर्षहरुमा पनि पुरा प्रतिशत रकम आएको छैन । अनि, आउने गरेको रकमबाट रकम सुर्तीजन्य पदार्थले लाग्ने प्रमुख रोग क्यान्सरको उपचार गर्ने सरकारी अस्पतालहरुलाई ७५ प्रतिशत, यसको नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने निकायहरुलाई १५ प्रतिशत र गैरसकारी संस्था तथा विभिन्न कार्यक्रमका लागि १० प्रतिशत गरेर वितरण गरिन्छ । आएको रकमलाई हामीले यहि अनुपातमा बाँढेका छौँ ।
ऐन राम्रो बनेको छ । तपाईँले भने जस्तै कार्यान्व्यन पूर्ण रुपमा हुन सकेको देखिदैन त्यो पनि सत्य हो । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने यो सबै स्वास्थ्यले मात्रै चाहेर हुँदैन । यो विषय त स्वास्थ्य बाहेकका मन्त्रालयसंग पनि प्रत्यक्ष जोडिएको छ । स्वास्थ्यले कानून बनायो, त्यसको कार्यान्व्यनमा अलि बढी पैरवी गर्ने र वाचडग बन्ने काम गर्नुपर्छ होला । तर, यसको कार्यान्वयनको प्रमुख भूमिका त संघमा गृह मन्त्रालय, स्थानीय तहमा पालिकाहरु नै हुन् । सुर्ती कृषकलाई विस्थापित गरी कृषिका अन्य क्षेत्रमा लैजाने काम कृषि मन्त्रालयको होला । सुर्ती उद्योगको काम नियमानुसार छ कि छैन हेर्ने काम उद्योग मन्त्रालयको होला । अन्तशुल्क स्टीकरण, सुर्तीजन्य पदार्थमा बढाउनु पर्ने कर सम्वन्धी व्यवस्था हेर्ने काम अर्थ मन्त्रालयको होला । मैले यहाँ निर जोडन खोजेको कानून बनेपछि त्यसको कार्यान्व्यन गर्ने काम सरकारको हो र त्यसमा सबै मन्त्रालयहरुले आ आफ्नो दायित्व पुरा गर्न सकियो भने सजिलो हुन्छ ।
निर्देशिकामा यसको नियमन गर्ने काम जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीयअधिकृतलाई दिइएको छ । उनीहरुले जरिवाना लिन सक्छन् । तर व्यक्तिलाई मुद्धा चलाउनु पर्ने अवस्था आयो भने प्रमुख जिल्ला अधिकारीले अन्तिम फैसला गर्ने प्रावधान छ । यी व्यवस्था भए पनि मान्छेलाई यसबारेमा थाहा नभएको हुनसक्छ । अनुगमन बढाउनु पर्ने त महसुस भएकै छ, अनि सही भन्नु भयो ठूलो कार्वाही भइसकेको अवस्था पनि छैन । अब यसलाई सबै निकाय जिम्मेवार बनेर कडाईका साथ कार्यान्वयनमा ल्याउनु पर्छ ।
अर्को कुरा जनस्तरबाट पनि यसबारेमा सचेत हुनु जरुरी छ । कानूनमा भएको कुरा कार्यान्वयन भएको छैन भने, अथवा कानूनको उल्लंघन भएको छ भने त्यसको लागि उजुरी लिएर जाने हिम्मत राख्नु प¥यो। यसले समाज सुधार्न ठूलो मद्धत पुग्छ । नागरिकले उजुरी दिन थाल्यो मात्रै भने पनि ऐन कार्यान्वयनले गति पक्डिन्थ्यो जस्तो लाग्छ । मानौं, कुनै सुर्ती उद्योग वा कम्पनीले ‘स्पोन्सर’ गरेर कार्यक्रम गरेको छ भने, ‘डोनेसन’ दिन लागेको छ भने, भ्रमित पार्ने गतिविधिहरु गरेको छ भने त्यसबारेमा नागरिक आफै पनि सचेत भएर यस्ता गतिविधिबिरुद्ध लाग्नु पर्छ । हाम्रोमा ‘लिटिगेसन कल्चर’ कम भएर पनि यस्तो अवस्था आएको हो जस्तो लाग्छ ।
नागरिकमा सचेतनाको कमिको कारणले पनि यस्तो हुनसक्छ । अर्को कुरा प्रबृत्ति पनि हो । हाम्रा पढेलेखेका कर्मचारी, प्रोफेसर, कतिपय स्वास्थ्यकर्मीलाई यो खानु स्वास्थ्यको लागि हानीकारक छ भन्ने थाहा छैन र ? छ नि । तर पनि गरिरहनु भएको देखिन्छ । हो यो प्रबृत्ति हो । ग्रामीण तथा दुर्गम क्षेत्रका मानिसहरु जो स्वास्थ्यको पहुँचबाट टाढा छन् । सुर्तीजन्य पदार्थको सेवन गर्ने कल्चर जस्तै भएको छ, अनि त्यसले गर्ने हानीबारेमा पनि त्यति सचेत छैनन् भने यसलाई चाहि जनचेतनाको कमी भन्न सकिन्छ । त्यसैले आम जनतालाई सचेतनासंगै सचेत व्यक्तिलाई आजै देखि मन भित्रैबाट यो घातक चिज हो, सेवन गर्न हुँदैन भन्ने कुरा आउनु पर्छ । र, यसका लागि बातावरण बनाउने सचेतना तथा गतिविधिको काम गर्न सचिवालय लागि नै रहेको छ ।
समितिलाई ऐनले जिम्मेवारी तोकेको छ । स्वास्थ्य सचिवको अध्यक्षतामा गठित स्वास्थ्य कर कोष समितिको वर्षमा २ पटक बैठक बस्नु पर्छ । आवश्यक भए अरु बेला पनि बस्न सकिन्छ । त्यसबाहेक नीतिगत र कानूनी कुराहरुमा पनि सचिवालयले नियमित जसो काम गर्नु पर्दछ । कोषमा भएका रकमहरुको मापदण्ड बमोजिम समुचित रुपमा वितरण गर्ने काम पनि यसले गर्दछ । ऐन, नीति नियम संसोधनका लागि मस्यौदा तयार पार्न, कानून विपरितका गतिबिधिलाई खबरदारी गर्न पनि यो सचिवालय सक्रिय छ ।
कानूनहरु स्थिर हुने होइन, गतिशिल नै हुन्छ । १३ वर्ष अघि बनेको कानून उत्कृष्ठ नै थियो । तर समय परिवर्तन हुँदै जाँदा त्यसमा पनि परिवर्तन आवश्यक हुन्छ । त्यसबेला नदेखिएका ग्यापहरु विस्तारै देखिन थाल्छ । त्यसैले संसोधन आवश्यक नै हुन्छ । हामी यसको तयारीमा लागि सकेका छौँ ।
नेपालको सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर दक्षिण एशियाकै सबैभन्दा कम हो । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा कम्तिमा ७५ प्रतिशत कर पु¥याउन पर्छ भनेर भनेको छ । हामी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य करकोष सचिवालयले हरेक वर्ष बजेटमा करको दर बढ्नु पर्छ भनेर लेखि पठाउने गरेका छौँ । तर बजेट आउँदा यो विषयमा अलि चित्तबुझ्दो तरिकाले बढेको देखिदैन । अहिले पनि हामी ३२÷३३ प्रतिशतकै हाराहारीमा रहेका छौं । जो छिमेकी मुलुकहरु भन्दा निकै कम हो । यसमा अर्थ मन्त्रालयले सहयोग गर्नुपर्छ । हामीले यो वर्ष पनि कर बढाउन अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेका छौ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा
Next article न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131591
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web