• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

April 8th, 2026 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

हेल्थ टुडे,

काठमाडौँ, २५ चैत  :  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन यही चत २७ देखि राजधानीमा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आगामी शुक्रबार देखि काठमाडौँमा सुरु हुने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलनको तयारी पुरा भएको जनाएको छ । परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा सन् २०१५ देखि लगातार रुपमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन गर्दै आएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित प्रेस जानकारी कार्यक्रममा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले सम्पूर्ण तयारी पुरा भएको बताए ।

गत वर्ष जस्तै यसपटक पनि सोल्टी होटलमा आगामी शुक्रबार देखि आइतबार (२७ देखि २९ चैत) सम्म सम्मेलन हुनेछ । यसपटक सम्मेलनको मुख्य नारा “नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया” भन्ने रहेको छ। ‘यस सम्मेलनले राष्ट्रिय तथा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको समाधानका लागि अनुसन्धान, नीति र अभ्यासबीचको सम्बन्ध सुदृढ पार्नुको महत्त्वलाई उजागर गर्दछ,’ डा जोशीले भने । उनले यस पटक पनि नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्यमी र विकास साझेदारहरूलाई एउटै मञ्चमा ल्याएर विचार, अनुभव र नवीनतम प्रमाण साझा गर्ने, छलफल गर्ने तथा जिम्मेवार अनुसन्धान संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्य लिइएको बताए ।

उनका अनुसार सम्मेलन उद्घाटन गर्न यसपटक पनि प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने छन् । यस्तै सम्मेलनमा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने बताइएको छ । जसमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन्।डा जोशीले यसपटक मध्यपूर्वको तनावको कारण गत वर्षको तुलनामा यसपटक अन्तर्राष्ट्रिय सहभागीहरूको संख्यामा केही कमी हुने बताए । उनका अनुसार यसपटकको सम्मेलनका लागि कुल ४६५ वटा एब्स्ट्याकहरू प्राप्त भएका थिए, त्यस मध्येबाट ९१ वटा मौखिक तथा १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ।

सम्मेलनमा एउटा पूर्ण सत्र, ३५ वटा आमन्त्रित प्रस्तुतीकरण, १२ वटा समानान्तर सत्र तथा पाँचवटा प्यानल छलफलहरू समावेश गरिएको छ। मुख्य सत्रमा प्रमाणमा आधारित निर्णय प्रक्रियाका लागि स्वास्थ्य अनुसन्धान सुशासनमा केन्द्रित मौखिक प्रस्तुति तथा छलफल हुनेछ भने समानान्तर सत्रहरूमा विभिन्न विषयहरू समेटिनेछन् ।डा. जोशीले त्यसमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, स्वास्थ्य प्रविधि तथा कृत्रिम बुद्धिमत्ता, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपद् व्यवस्थापन, चिकित्सकीय विज्ञान विषयहरु पर्ने बताए । यस्तै गरी आयुर्वेद तथा परम्परागत चिकित्सा, सर्वव्यापी स्वास्थ्य पहुँच, वातावरणीय तथा पेशागत स्वास्थ्य, जलवायु परिवर्तन, एक स्वास्थ्य अवधारणा, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, जनस्वास्थ्य तथा जनसांख्यिकी, ज्येष्ठ नागरिक स्वास्थ्य, तथा औषधिमा पहुँच इत्यादि रहने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहरिकरणले बढायो मधुमेह
Next article क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web