• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

August 1st, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

हेल्थ टुडे,
काठमाडौं, साउन १६ : एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले इन्टर्न भत्ता, श्रम अधिकार र कार्य अवस्थासम्बन्धी माग पूरा गर्न दबाब दिँदै सुरु गरेको आन्दोलन अझै जारी रहेको छ । आन्दोलनरत इन्टर्न चिकित्सकहरूले सरकारले यसअघि गठन गरेको कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गर्दै माइतीघर मण्डलासहित विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।

आन्दोलनरत चिकित्सकहरूको मुख्य माग सबै मेडिकल कलेजमा इन्टर्न चिकित्सकलाई समान र न्यूनतम निर्वाह भत्ता उपलब्ध गराउनु, श्रम ऐनअनुसार सेवा–सुविधा सुनिश्चित गर्नु तथा अत्यधिक कार्यघण्टाको अन्त्य गर्नु रहेको छ । उनीहरूले मेडिकल शिक्षा आयोगले यसअघि तयार भएको प्रतिवेदनलाई कार्यान्वयन गर्न ढिलाइ गर्दा देशभरका इन्टर्न चिकित्सक अन्यायमा परेको बताएका छन् ।

इन्टर्न चिकित्सकहरूले सरकारले गठन गरेको कार्यदलले एमबीबीएस तथा बीडीएस इन्टर्नका लागि न्यूनतम मासिक २४ हजार रुपैयाँ निर्वाह भत्ता सिफारिस गरे पनि त्यसको कार्यान्वयन हुन नसकेको बताएका छन् । उनीहरूका अनुसार कतिपय शिक्षण अस्पतालमा अझै पनि इन्टर्नहरूले न्यून वा कुनै भत्ता नै नपाई पूर्णकालीन सेवा दिन बाध्य भइरहेका छन् ।

आन्दोलनमा सहभागी चिकित्सकहरूले आफूहरू विद्यार्थी मात्र नभई प्रत्यक्ष बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी भएकाले सम्मानजनक कार्य वातावरण, उचित भत्ता र श्रम अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

यसैबीच, चिकित्सकहरूको आन्दोलनका क्रममा नेपाल चिकित्सक संघले पनि विभिन्न चरणमा ऐक्यबद्धता जनाएको थियो । केही दिनअघि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि चिकित्सक संघले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको भए पनि इन्टर्न चिकित्सकका माग भने अझै पूर्ण रूपमा सम्बोधन भइनसकेको जनाइएको छ ।

चिकित्सा शिक्षा आयोग र सम्बन्धित सरकारी निकायले इन्टर्न चिकित्सकका मागबारे छलफल जारी रहेको जनाएको भए पनि आन्दोलनरत पक्षले स्पष्ट निर्णय र कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने अडान दोहो¥याएको छ । निजी मेडिकल कलेजहरुले भने इन्टर्नको माग पुरा गर्न नसकिने

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन
Next article निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133997
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web