• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

September 10th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

हेल्थ टुडे,

काठमाडौँ, २५ भदौ : भोटेकोशी बाढीप्रभावितका लागि भारतको युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघ मार्फत १ करोड ५० लाख रुपैया सहयोग गरेको छ । नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानका लागि रु. १ करोड ५० लाख सहयोग उपलब्ध गराएको छ । बिहीबार नेपाल चिकित्सक संघको कार्यालयमा आयोजित कार्यक्रममा युएसभी फर्मास्युटिकल्सका तर्फबाट प्रमुख व्यापार अधिकृत महीध्वज सिसोडियाले नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाललाई उक्त रकम उपलब्ध गराउने सहमती पत्र आदान प्रदान गरेका हुन ।

कार्यक्रममा बोल्दै सिसोडियाले चिकित्सक संघ मार्फत बाढीपिडितको राहतका लागि सहयोग गरको बताउदै संघले बाढीपडितको आवश्यकता अनुसार औ्रषधि उपचार, सरसफाई, सोलार बत्ती सहितका कार्यक्रम सञ्चालन गर्न सहज हुने आशा व्यक्त गरे । नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले संघले बाढीपिडितको आवश्यकताका आधारमा उक्त रकम खर्च गर्ने बताए । संघले बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य सिविर सञ्चालन, औषधि बितरण, स्वास्थ्य जाच, मनोचिकित्ससिकय सेवा सहितका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । यो सहयोगले संघलाई थप राहतका कार्य अगाडि बढाउन सहज हुने डा. रिजालले बताए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. ढुण्डीराज पौडेल, चिकित्सक संघका पुर्व अध्यक्षहरु डा. अन्जनीकुमार , डा. लोचन कार्की र डा. मुक्ती श्रेष्ठको पनि उपस्थिति रहेको थियो । युएसभी फार्माको सहयोगबाट नेपालका विभिन्न बाढी प्रभावित क्षेत्रमा रहेका करिब ३०० घरधुरीका १५०० व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । रसुवा, नुवाकोट र धादिङमा हालैको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण धेरै परिवारले घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका छन् । कतिपय परिवार अस्थायी आश्रयमा बस्न बाध्य भएका छन् भने खानेपानी, सरसफाइ, विद्युत् तथा स्वास्थ्य सेवामा समेत कठिनाइ उत्पन्न भएको छ । यस्तो अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउँदै सामान्य जनजीवनतर्फ फर्काउन सहयोग पु¥याउनु राहत अभियानको प्रमुख उद्देश्य रहेको छ ।
नेपाल चिकित्सक संघको नेतृत्वमा सञ्चालन भइरहेको राहत अभियानले प्रभावित क्षेत्रको स्थलगत आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा सहयोग उपलब्ध गराउनेछ । अभियानमार्फत प्रभावित परिवारका लागि अस्थायी आवासको व्यवस्था तथा ओछ्यान, ब्ल्याङ्केटलगायत आधारभूत सामग्री उपलब्ध गराइनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ
Next article बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134455
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web