महासंघले गैरकानुनी स्वास्थ्य परिक्षणलाई निरुत्साहित गर्न होलोग्रामलाई प्रयोगमा ल्याई हाल निकै कडाई गरिरहेको छ । जस्ले गैरकानुनी रुपमा स्वास्थ्य परिक्षण गर्छ र गराउँदैछ त्यसको मेडिकल रिर्पोटमा होलोग्राम हुँदैन । यसरी हामीले बारम्बार यस्तो आवाजहरुलाई उठाउँदा समेत होलोग्रामको विरोध गर्दै यसलाई अझै गन्जागोलमा पार्न खोजिदैछ । महासंघले वैदेशिक रोजगार क्षेत्रलाई र उपभोक्ताको हितलाई मध्यनजर गरि नराम्रा आवाज बाहिर गुन्जयमान नहोस भन्दै करिब १४ करोड क्षतिपूर्ति बापतको रकम वितरण गरेको रेकर्ड महासंघमा छ । व्यवसायी सुद्घिकरणमा चासो देखाउँदा यसलाई निस्तेज पार्न र अस्वस्थ्य प्रतिष्पर्धा कायम राख्न कहिले काही विरोधका आवाज समेत नआएका होईनन् । तै पनि महासंघले व्यवसायी, सरकारलाई घचघच्याउँदै अगाडी बढिरहेको छ । अबका केही समयमा वैदेशिक रोजगारीको स्वास्थ्य परिक्षणमा कुनै समस्या उत्पन्न नहोला जस्तो लाग्दै छ । यस्तै गाम्का नेपाल प्रा.लि. अन्तर्गतका व्यवसायीहरुको सुद्घिकरण अन्त्य गर्न अपरिहार्य बनेको छ अहिले । गाम्का अन्तर्गतका मेडिकलले क्तयय िनै नलिईकन क्तयय िको रिर्पोट लेख्ने गरेको प्रमाण हामी संग सुरक्षित छ । के उपभोक्ताको क्तयय िनै नलिई क्तयय िको रिर्पोट भर्न मिल्छ ? यस्तो गैरकानुनी र गैरजिम्मेवारी क्रियाकलाप बाहिर आएको छ । विभागलाइ जानकार बनाएका छौं । तै पनि खै किन हो त्यस तर्फ कसैको ध्यान गएन । म यस्तो गैरकानुनी रुपमा संचालित गाम्का नेपाल प्रा.लि. अन्तर्गतको मेडिकल संस्थाको गैरकानुनी क्रियाकलाप रोक्नु पर्ने देख्छु । हुन त यो देशको कानुन र सरकारलाई ठाडो चुनौति दिदै गैरकानुनी क्रियाकलाप जारी राखेको गाम्काले के सुन्ला र ?
केहि बर्ष अगाडी बुढा पाकाले भनेको सुन्ने गर्थें नेपालको कानुन दैवले जानुन भन्ने उक्ति त्यस्तै लाग्यो । तर केहि समय अघि बाट थाहा हुन थालेको छ नेपालको कानुन जनताले र सर्वोच्चले जानुन भनेर । अनि हामी पनि सर्वोच्चको निर्णयलाई इन्तजार गर्दै छौं त्यो दिन आउला र स्वास्थ्य परीक्षण क्षेत्रमा भएको विकृतिपूर्ण प्रथा सेण्डिकेटको अन्त्य भई नेपालको कानुनको सम्मान सबैले गर्नु पर्ला अनि उल्लंघन गर्नेहरुलाई कानुनी कठघरामा देखिएला । हो यस्तो अभियान चलाउन सफल भयो भने पक्कै व्यवसायी सुद्घिकरण होला जस्तो लाग्छ ।
Leave a Reply