अन्दाजका भरमा रिपार्ट
अनुमानका भरमा प्रयोगशाला रिपोर्ट र अनुमानमै भरमा विरामीलाई औषधि चलाइए विरामीले रोगबाट मुक्ति पाउला ? तर नेपालका अधिकांश प्रयोगशालाले अनुमानका भरमा रिपोर्ट दिने गरेका छन भने डाक्टरहरुले पनि अनुमानकै भरमा औषधि चलाउने गरेका छन । त्यसैले अधिकांश रोगको न सही तरिकाले पहिचान हुन्छ न उपचार नै । अनि लाखौ रुपैया खर्चेर पैसा हुनेहरुले विदेश जानु पर्छ भने नहुनेहरुले उनीहरुले जे भन्यो त्यही आधारमा चल्नु पर्छ । अधिकांश रोगको कारण पत्ता लगाउन प्रयोगशाला परिक्षणको आवश्यकता पर्छ । रोगको सही पहिचानका लागि प्रयोगशाला भएर मात्र पुग्दैन । प्रयोगशालामा उपलब्ध उपकरण र त्यहाँ कार्यरत जनशक्ति पनि दक्ष हुनु पर्छ । त्यसपछि मात्र प्रयोगशालाले सही रिपोर्ट दिन सक्छ र त्यही रिपोर्टको आधारमा औषधि चलाउदा रोग निको हुन्छ । तर नेपालका प्रयोगशालाको अवस्था एकदमै दयनिय छ । सरकारी स्तरमा मात्र दुईसय ९७ वटा प्रयोगशाला छन । निजी क्षेत्रमा १२ सयभन्दा बढी प्रयोगशाला छन । यसरी हेर्दा नेपालमा १५ सय प्रयोगशाला छन । यी प्रयोगशालामा कि त जनशक्ति नै छैन भएपनि दक्ष छैनन । प्रयोगशालामा ल्याव टेक्नोलोजिस्ट, ल्याव टेक्निसियन र ल्याव असिस्टेन्ट गरि तीन तहको जनशक्ति हुन्छ । तर नेपालमा अधिकांश प्रयोगशाल ल्याव असिस्टेन्टमा भएमा चलेका छन । ल्याव टेक्निसियन र ल्याव टेक्नोलोजिस्ट राख्दा उनीहरुलाई बढी तलव दिनु पर्ने भएकाले ल्याव सञ्चालकहरुले दर्ता गर्ने बेला काजगमा बाहेक काममा ल्याव असिस्टेन्टलाई मात्र लगाउछन । ल्याव सञ्चालकहरुले भारत लगायतका देशबाट सेकेण्ड ह्याण्डका उपकरण ल्याएर काम चलाउने गरेकाले पनि रोगको सहि पहिचान हुदैन । पैसा भने चर्को असुल्ने गरिन्छ । सरकारी स्तरमा प्राथमिक स्वास्थ्य केन्द्रसम्म मात्र प्रयोगशालाको सुविधा छ । स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा यसको सुविधा पुर्याएको छैन । नाडी छामेर विरामीको उपचार गर्ने गरेका छन । हरेक वर्ष दुई सयसम्म ल्याव टेक्नोलोजिस्ट उत्पादन हुन्छन भने पाँंच सयभन्दा बढी ल्याव टेक्निसियन । यसको अनुपातमा दुई हजार ल्याव असिस्टेन्ट बजारमा आउछन । ल्याव असिस्टेन्टलाई थोरै पैसामा काममा लगाउन सकिन्छ । त्यसैले उसलाई नै जिम्मा दिएर काम चलाउने गरिएको छ । ल्याव असिस्टेन्टको काम आफूभन्दा माथिका ल्याव टेक्निसियनको सहयोगी भएर काम गर्नु हो तर असिस्टेन्ट आफैले टेक्निसियनको काम गर्ने गरेका छन । जवकी उनीहरुलाई त्यसका बिषयमा कुनै ज्ञान नै हुदैन । केही नाम चलेका निजी अस्पताल र सरकारी केन्द्रिय अस्पतालहरुबाहेक ल्याव टेक्नोलोजिस्ट र टेक्निसियन देख्नै पाइदैन । यो सरासर विरामीमाथिको लुट हो । तर पनि यसका बिषयमा कुनै निकायले पनि अवाज उठाउने गरेका छैनन । लामो सयम अस्पताल बस्दा समेत रोग पत्ता नलागेपछि भारत भएर रोग पत्ता लगाएर निको भएको शान्ता श्रेष्ठ बताउछिन । रिपोर्ट हेर्दै अन्दाजका भरमा औषधि दिदै गरे तर निको भएन । रोग पत्ता लगाए पो निको हुने ?
Leave a Reply