• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 1st, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

नँया प्रविधिले उपचार छिटो र भरपर्दो बन्दै

December 15th, 2017 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नँया प्रविधिले उपचार छिटो र भरपर्दो बन्दै

पाल्पा, २९ मंसिर  : नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताउनुभयो । उहाँले पहिलेजस्तो एउटै चिकित्सकले सबै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हटेको र सम्बन्धित विषय अध्ययन गरेको चिकित्सकले मात्र सम्बन्धित क्षेत्रका बिरामीको उपचार गर्ने बताउनुभयो ।

समाजका महासचिव रुपेश मुखियाले नेपालको स्वास्थ्य प्रणाली व्यवस्थित तथा समयसापेक्ष वृद्धि गर्दै लैजानका लागि २१औँ शताब्दीमा नयाँ प्रविधिको प्रयोग नेपालमा समेत बढेको बताउनुभयो । उहाँले नेपालमा जटिल रोगको उपचार नयाँ प्रविधिका कारण सहज बन्दै गएको बताउनुभयो । लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेलले जटिल रोगको उपचारमा बिरामी आर्थिक समस्या भोग्न परेकाले बीमाबाट राज्यले बिरामीको समस्या हल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले नेपालको स्वास्थ्य उपचार क्षेत्र महँगो बन्दै गएकाले गरिब तथा विपन्न समुदायका मानिसलाई उपचारमा समस्या हुने भएकाले समाधानतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि 

नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलन तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाषमा आजदेखि शुरु हुँदैछ । भोलिसम्म चल्ने सम्मेलनमा नेपालभरका २०० भन्दा बढी शल्य चिकित्सकको सहभागिता रहनेछ । सम्मेलनमा शल्य चिकित्सा विधाअन्तर्गत रहेका जनरल सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रो सर्जरी र युरोलोजी सेवा आदि विषयमा ३२ वटा आमन्त्रित प्रवचन, ११ वटा अवार्ड पेपर, ३६ वटा प्रिपेपर र १६ वटा पोस्टर डिस्प्ले गरिनेछ । त्यस्तैगरी दुईदिने पूर्ण शैक्षिक तथा प्राविधिक विषयगत वर्कसपले नेपालभित्र यस विधामा कार्यरत प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक तथा आवासीय चिकित्सकलाई नयाँ प्रविधि बारेमा जानकारी हुनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्खेतमा किन बढे किशोरी आमाहरु
Next article ढिलो विवाह पनि बाझोपनको कारण

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

उपचार गर्ने अस्पताल नै सिकिस्त

उपचार गर्ने अस्पताल नै सिकिस्त

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

Leave a Reply Cancel reply

Timeline
Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1026
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web