• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भवती भएको यो हो गतिलो प्रमाण

December 27th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भवती भएको यो हो गतिलो प्रमाण

हेल्थ टुडे,

वाकवाकी लाग्नु महिला गर्भवती भएको समान्य लक्षण हो । हाम्रो समाजमा कुनै यूवती वा महिलालाई वाकवाकी आयो भने सोझै अनुमान गरिन्छ कि उ गर्भवती भई भनेर । कसै कसैलाई साधारण वाकवाकी आएपनि कसैलाई उल्टी नै आउने हुन्छ । खाना खाएको नपच्ने, खान मन नलाग्ने पनि हुन्छ । गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिलालाई वाकवाकी आउनु गर्भावस्थाको एक प्रमुख लक्षण हो । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको पिसाबमा ‘किटोन’ जाँचिन्छ । यदि पिसाबमा किटोन पोजिटिभ पाइए गर्भवती भएको भन्ने कुरा प्रष्ट थाहा हुन्छ । उल्टी आउने समस्यालाई कहिल्यै पनि हल्का रूपमा लिनुहुँदैन ।उल्टी कति धेरै भएको छ र यसले पु¥याएको नकारात्मक असरको आधारमा गर्भावस्थामा हुने उल्टीलाई साधारण वा गम्भीर खालको मानिन्छ ।
साधारण उल्टी
गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । धेरैजसो महिलाले गर्भावस्थाको सुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव सँगालेकै हुन्छन् । उल्टीमा पानी वा पित्त मिसिएको एवं थोरै मात्रामा हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलापमा अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पु¥याएको हुँदैन ।
कुनै उपचार बिना नै गर्भावस्थाको १२ देखि १४ हप्तामा उल्टी आउने समस्या हराएर जान्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेनलगायत हर्मोनका कारण यस्तो उल्टी आउँछ ।

कडा खालको उल्टी
गर्भावस्थामा कुनै कनै व्यक्तिहरुलाई कडा खालको उल्टी पनि गरेको छ , बढी मात्रामा उल्टी आई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न सक्छ ।औषधिको प्रयोग तथा समय समयमा गर्भ जाच गराउने हरु बढदै जादा आजभोली कडा खालको उल्टी आउने समस्या कम हुदै गएको प्रसुती बिशेषज्ञहरु बताउछ््र । कतिपयलाई भने मानसिक समस्याले पनि उल्टी आउँछ । यस्तो परिस्थितिमा घरायसी वातावरणबाट टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।

टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।
सुरुतिर कुनै असर नदेखिए पनि लामो समयसम्मको उल्टीले गर्दा जलवियोजन र कार्बोहाइड्रेटको अभाव देखिन्छ । पिसाब, रगत र इसिजीको जाँचबाट यी कुरा पत्ता लाग्छन् । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तत्व (किटोन) पिसाबमा भेटिन सक्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको उपचार छोरी पढ्ने मेडिकल कलेजमा
Next article रक्सी खाएर यौन सम्पर्क

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

माशुले रोग निम्त्याउछ

माशुले रोग निम्त्याउछ

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

Leave a Reply Cancel reply

Timeline
Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

Jan 27th 9:23 AM
समाचार

कोरोनाविरुद्धको खोप अभियान सुरु

Jan 23rd 6:58 AM
समाचार

सिनोफार्मसँग क्लिनिकल ट्रायलको कागजात माग

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1022
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web