• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दक्षिण एशियामै नेपाल आँखाको उपचारमा राम्रो

August 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दक्षिण एशियामै नेपाल आँखाको उपचारमा राम्रो

हेल्थ टुडे,
काठमाडौँ, ५ भदौः आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्र मध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो ।
स्वास्थ्य मन्त्रालयले आँखा सम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न आज गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो ।
कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषण लगायत समस्याका कारण मोतिया बिन्दुका रोगी बढ्ने गरेको बताउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसै अनुसारको नीति बन्नुपर्ने विचार राख्नुभयो ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारका लागिा राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको बताउनुभयो । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखा स्वास्थ्यका लागि जापान सरकारका तर्फबाट रु ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने जानकारी दिनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ, केन्द्रमा ३२ वर्षसम्म नर्सका रुपमा सेवा गर्नुभएकी जापानी नागरिक मासाको यामानी, नेपाल–जापान मानव विकास संघका रियो सिके, केन्द्रका अध्यक्ष बालप्रसाद शाही तथा सदस्य पासाङदोर्जे शेर्पाले आँखा उपचार र मोतियाबिन्दु शल्यक्रियाको अवस्थाका बारेमा बोल्नुभएको थियो ।
विसं २०४३ देखि स्वास्थ्य सेवा शुरु गरिएको केन्द्रले गत वैशाखदेखि आँखाको उपचार सहित मोतियाबिन्दुको शल्यक्रिया सेवा दिँदै आएको छ । केन्द्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त अकुपञ्चर उपचार पद्धतिको प्रमाणपत्र तहका अध्यापन पनि हुने गर्दछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एचआइभी संक्रमितलाई उपचार खर्च
Next article प्रदेशमा जनशक्ति, र औषधिको अभाव हुन नदिने–स्वास्थ्यमन्त्री यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131598
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web