हेल्थ टुडे,
काठमाडौं, फागुन, ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महासाखाले अगामी चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय परिवार योजना सम्मेलन गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कोष(यूएनएफपिए) र एड्भेन्टिस्ट डेभलपमेन्ट एण्ड रिलिफ एजेन्सी (आड्रा नेपाल) सहित परिवार योजना प्रवद्र्घनमा संलग्न २० वटा संघसंस्थाको सहयोग एवं सहभागितामा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन तयारीका बिषयमा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा परिवार कल्याण महासाखाका निर्देशक एवं सम्मेलन आयोजक कमिटिका अध्यक्ष डा आर.पी. बिच्छाले परिवार योजना सेवाको पहूँच बाहिर परेकाहरुलाई समेट्ने गरि योजना बनाउन सहज हुने अभिप्रायका साथ सम्मेलन आयोजन गर्न लागिएको जानकारी दिए । सम्मेलनमा परिवार योजना, यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा ५० भन्दा वढी अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरिने र दुई सयदेखि तिनसय जनाको सहभागिता हुने डा. बिच्छाले बताए । परिवार योजना तथा प्रजनन स्वास्थ्य साखाका कविता अर्यालले नेपालमा ५३ प्रतिसतले परिवार नियोजनका सधान प्रयोग गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै अझै पनि २४ प्रतिसतले चाहेर पनि परिवार नियोजनका साधन र सेवा पाउन नसकिरहेको बताइन । बैज्ञानिक सत्रका संयोजक कृष्ण अर्यालले सम्मेलनका नारा नै ‘परिवार योजना ः सेवाको पहूँचबाहिर परेकाहरुलाई समेट्ने’ रहेकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । राष्ट्रिय परिवार योजना सम्मेलन सञ्चार कमिटिका संयोजक कुञ्ज जोशीले परिवार योजनाको सेवा बाहिर रहेकालाई समेट्ने कार्यमा र सम्मेलन सफल बनाउन मिडियाको भूमिका महत्पपुर्ण रहेको बताए ।
Leave a Reply