हेल्थ टुडे,
काठमाडौ,२३ फागुनः काठमाडौको टुँडिखेलमा आगामी आईतबारदेखि एक हप्ते निःशुल्क योग शिविर हुँदैछ । मनोक्रान्ति केन्द्रले आयोजना गर्ने उक्त योग शिविर फागुन २६ गतेदेखि चैत २ गतेसम्म चल्नेछ । एक साता टुँडिखेलमा हरेक दिन विहान साढे ६ बजे देखि साढे ८ बजे सम्म योग शिवीर सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
आयोजक मनोक्रान्ति केन्द्र स्थापनाको ३२ औँ बर्ष पुगेको अवसरमा निःशुल्क योग शिविर गर्न लागिएको संस्थाका अध्यक्ष डा.योगी विकासान्दले जानकारी दिएका छन् । शिविरमा सहभागी सबैलाई योगी विकासान्दले नै योग गराउनेछन् । नसर्ने रोगहरुको जोखिम बढिरहेको अवस्थामा योगबाट यस्ता रोगहरुको जोखिम कम गर्न र तनावमुक्त जीवन जिउन प्रेरित गर्ने उद्देश्यले शिविर गर्न लागिएको आयोजकले जनाएका छन् ।
योग शिविर अवधिभर काठमाडौं बाहिरबाट आउने व्यक्तिहरुलाई आवासिय व्यवस्था समेत गरिने केन्द्रले जनाएको छ । योग शिवीरमा दैनिक झण्डै १० हजार जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ । निःशुल्क योग शिविरको प्रचार प्रसारका लागि मुलुकभरका मनोक्रान्ती केन्द्रहरुलाई आमन्त्रण गरिएको केन्द्रले जनाएको छ । एक हप्ते योग शिविर सञ्चालनमा १८ लाख भन्दा बढी खर्च हुने आयोजकले अनुमान गरेका छन् ।
Leave a Reply