हेल्थ टुडे,
काठमाडौ,बैशाखः पछिल्लो समय नेपालमा पनि ध्यान र योगा गर्ने संस्कृति बढ्दै गएको छ । ध्यान र योगाले मानव शरिरमा सकारात्मक परिर्वतन ल्याउने यस क्षेत्रका विज्ञहरुको भनाई छ । यदि नियमित योगा र ध्यान गरेमा आफ्नो दैनिकी सहज रुपमा बिताएको पनि महशुस हुने विज्ञहरुले बताएका छन् ।
यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्न उनीहरुको सुझाव छ । किनभने ध्यान तथा योगा गर्ने बानीले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउने विभिन्न अनुसन्धानले पनि पुष्टि गरेको छ । नियमित ध्यान तथा योगा गर्दा के फाइदा पुग्छ ? जानौँ यसका फाइदा बारेः–
–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–सकारात्मक भावनाको विकास हुन्छ ।
–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।
–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।
–कुलतबाट जोगिन सहयोग पु¥याउँछ ।
–तनाव नियन्त्रण गर्छ ।
–पारिवारिक सद्भाव बढ्छ ।
–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।
–खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।
–मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।
–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।
–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।
–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।
–अरुप्रति मानवीय भावनाको विकास हुन्छ ।
Leave a Reply