• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

सकारात्मक सोचले दिन्छ सकारात्मक नतिजा

May 12th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सकारात्मक सोचले दिन्छ सकारात्मक नतिजा

शिव खेडा, 
तपाईंको व्यवहार, मान्यता र दृष्टिकोण नै सफलताको कोरा कागज हो । सकारात्मक सोचेर नै हरेक कुरा हासिल गर्न सम्भव छ । तर, सकारात्मक सोचले मात्रै सफलताको ग्यारेन्टी दिँदैन । यो तपाईंको एक्सन प्लानका लागि सहायकसिद्ध हुन्छ । कहिल्यै विकल्प हुँदैन । तपाईंको सकारात्मक कदम र सकारात्मक सोचको संयोजनबाट निस्कने नतिजा सफलता हो ।

इच्छाविरुद्ध सीप
प्राविधिक सीप सफलताका लागि महत्वपूर्ण छ । सीपले नै तपाईंलाई करिअरको शिखरमा लैजान्छ । तर, सीपभन्दा धेरै भूमिका तपाईंभित्र लुकेको इच्छाशक्तिको हुन्छ । तपाईंसँग सीप भएर पनि सफलता हासिल गर्नका लागि इच्छाशक्ति भएन भने त्यो निरर्थक हुन्छ । यी दुईबीचको सम्बन्ध बनाएर धेरै समस्या समाधान गर्न सकिन्छ । सबै मानिस सफल हुन चाहन्छन् । तर, कमैले मात्र सफलताको तयारीका लागि मूल्य तिर्ने इच्छा देखाउँछन् ।
बिक्री
सफलता तपाईंले आफूलाई कसरी बिकाउन सक्नुहुन्छ भन्ने क्षमतामा पनि भर पर्छ । इमानदारी र विनम्रता यसका लागि महत्वपूर्ण हतियार हुन् । र, यो रणनीति होइन, बरु जीवनको महत्वपूर्ण मान्यता हो । हामीले गरेका वाचा र हामीभित्रको प्रतिबद्धताबीचको फरक बुझेर मात्रै हामी सफल हुन सक्छौँ ।
चरित्र
हामीमध्ये धेरैलाई नकारात्मक सोच्ने बानी परिसकेको छ । हामी जस्तो छौँ, त्यस्तै देखिन्छौँ । त्यसैले राम्रो बानीको विकास गरौँ । राम्रो व्यवहार गरौँ । आफ्नो इमान र प्रतिष्ठालाई महत्व दिऊँ र मुख्य रूपमा आफ्नो चरित्रलाई ।
यी विषयमा ध्यान दिनुस्
गलत बुझाइमाथि प्रतिबन्ध लगाउनुस्, किनकि तपाईंले यसको डरलाग्दो मूल्य तिर्नुपर्ने हुन्छ । प्रतिशोधले सामूहिक प्रयास ध्वस्त गर्न सक्छ । आफ्नो लक्ष्य निर्धारण गर्नुस् । यसले तपाईंलाई कहाँ जाँदै छु भन्ने जानकार गराउँछ । दृष्टिकोण तय गर्नुस् । यसले तपाईंले नदेखिने कुरा देख्न सक्ने क्षमता विकास गर्छ । तपाईंले असम्भव कुरालाई हासिल गर्न सक्नुहुन्छ । विश्वसनीयता र इमानदारिताले संस्थालाई धेरै फाइदा पु¥याउँछ । सम्मानित हुनुभन्दा सम्मानको लायक हुनु राम्रो हो । कहिल्यै हरेस नखानुस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् ध्यान तथा योगा गर्नुका फाइदा
Next article नर्सहरुको श्रमशोषण गर्ने स्वास्थ्य संस्थाहरुलाई कारबाही गर्ने

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Apr 19th 5:41 AM
समाचार

कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Apr 19th 5:19 AM
समाचार

काठमाडौं उपत्यका लगायत कोभिड–१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Apr 8th 5:53 AM
समाचार

अब ७५ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम

Apr 4th 8:25 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Apr 2nd 4:36 AM
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

Mar 29th 8:48 AM
समाचार

चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Mar 25th 9:31 AM
समाचार

राजधानी बाहिर पहिलोपटक चितवन मेडिकल कलेजमा  कलेजो प्रत्यारोपण

Mar 21st 3:18 PM
समाचार

स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1065
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

7
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web