• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 15th, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
आयुर्वेद

प्रादेशिक आयुर्वेद चिकित्सालयमा पहिलो पटक ‘फाइमोसिस’ सेवा शुरु

May 16th, 2019 आयुर्वेद 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रादेशिक आयुर्वेद चिकित्सालयमा पहिलो पटक ‘फाइमोसिस’ सेवा शुरु

हेल्थ टुडे,
दाङ,२ जेठः दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले पहिलो पटक ‘फाइमोसिस’ सेवा सुरु गरेको छ । एक जना बच्चालाई लागेको ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया गरी उक्त सेवाको सुरुवात गरेको हो । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो । डा.ठाकुरले भनेः‘अस्पतालमा लिङ्ग नखुल्ने बच्चाको सङ्ख्या धेरै आउन थाल्यो,त्यसैले हामीले यो सेवा पनि शुरु गरेका हौँ ।’

आयुर्वेदको यो पुरानो पद्धति भए पनि प्रादेशिक आयुर्वेदमा पहिलोपटक शुरु भएको डा ठाकुर जानकारी दिए । यो सेवा शुरु भएसँगै दैनिक दुई÷तीन तथा कहिलेकाहीँ पाँच जनासम्म आउने गरेको उनको भनाइ छ । उक्त शल्यक्रिया १० वर्षसम्मका बच्चालाई गर्न सकिने डा ठाकुरको भनाइ छ । चिकित्सालयले यसको उपचार शुल्क रु दुई हजार मात्रै लिने गरेको छ । साथै उक्त शल्यक्रिया गर्नका लागि विभिन्न औजार पनि भित्रिसकेको भन्दै ती औजार खरीद भएमा थप सहजता हुने अस्पतालले जनाएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका–१७ निवासी सपना घर्तीले आफ्नो छोराको उक्त समस्या समाधानका लागि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गइन् । त्यहाँ शल्यक्रिया गरेको रु आठ हजार लाग्ने भनेपछि केही स्वास्थ्यकर्मीको सल्लाहमा प्रादेशिक आयुर्वेद औषधालयमा ल्याउइन् । यहाँ ल्याएपछि सफल शल्यक्रिया भएको हो । चिकित्सालयले उनका छोराको पहिलोपटक शल्यक्रिया गरेको हो ।
के हो फाइमोसिस ?
बच्चा (पुरुष) को जनेन्द्रीय अर्थात् लिङ्गको टुप्पाको डल्लो (सुपाडी) लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ । जन्मदाखेरि कुनै पनि बच्चाको लिङ्गको टुप्पाको छाला पछाडि जाँदैन अर्थात् छालाले टुप्पो छोपेको हुन्छ । भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वाभाविक हो ।

तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ । जन्मेको छ महीनापछि आफसेआफ लिङ्गको टुप्पाको छाला पछाडि सर्किनु पर्छ । अर्थात् खुल्दै जानुपर्छ र लिङ्गको टुप्पाको डल्लो अर्थात् सुपाडी देखिनुपर्ने हुन्छ । तर आजकल धेरै बच्चामा फाइमोसिस समस्या देखिने गरेको छ । जसले गर्दा बच्चामा पिसावको सङ्क्रमण हुँदै मिर्गौलाको सङ्क्रमणसम्म हुन्छ ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्मी बढेसँगै महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप
Next article बिर्सने रोग (डिमेन्सिया) बाट बच्न के गर्ने ? यस्तो भन्छ विश्व स्वास्थ्य संगठनले जारी गरेको नयाँ निर्देशिका

Health Today Nepal

Related Posts

आयुर्वेदबाट  घातक रोगको उपचार

आयुर्वेदबाट घातक रोगको उपचार

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

Leave a Reply Cancel reply

Timeline
Jan 14th 10:53 AM
समाचार

सुस्वास्थ्य हस्पिटल छैटौं वर्षमा , १० हजार भन्दा बढीको सफल उपचार 

Jan 14th 6:02 AM
समाचार

परराष्ट्रमन्त्रीले भारतसंग कोभिड–१९खोप नेपाल ल्याउन ठोस वार्ता गर्ने

Jan 13th 3:52 PM
बिशेषज्ञ लेख

किन हुन्छ बच्चा भक्भके ?

Jan 13th 3:35 PM
समाचार

कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

Jan 10th 10:50 AM
समाचार

भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने

Dec 25th 3:59 PM
समाचार

स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई

Dec 25th 3:49 AM
समाचार

वैद्यखानाको च्यवनप्राश उत्पादन ठप्प

Dec 17th 11:25 AM
समाचार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे बुझ्न लेखाले  स्वास्थ्यमन्त्री ढकाललाई बोलायो

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

990
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

15
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web