हेल्थ टुडे,
डडेल्धुरा,२८ बैशाखः प्रयाप्त जनशक्ति र भौतिक पूर्वाधारको अभावमा सुदुरपश्चिमकै प्रमुख मध्येको एक डडेल्धुरा अस्पतालको सेवा दिनप्रतिदिन दयनिय बन्दै गएको छ । सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा संघ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तर्फ भने ध्यान दिएको छैन ।
विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’ बनाइएको थियो । अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा.जीतेन्द्र कँडेलले जानकारी दिए । हाल अस्पतालमा मेडिकल अफिसरसहित १३ स्वास्थ्यकर्मी कार्यरत छन् ।
अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन् । कुनै समय सुदूरपश्चिम क्षेत्रमा उत्कृष्ट पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासीले गुनाशो गरेका छन् । सङ्घ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन ।
Leave a Reply