हेल्थ टुडे,
काठमाडौ,जेठः गर्मी मौसम सुरु भएसंगै लामखुट्टेको हैरानी पनि सुरु हुन्छ । गर्मी ठाउँहरुमा मात्र हुने लामखुट्टे तापक्रममा भईरहेको बृद्धिसंगै पहाडी जिल्लाहरुमा पनि सर्दै गएका छन् । लामखुट्टे औलो रोगको मुख्य कारण हो । लामखुट्टे धपाउन वा मार्न बजारमा विभिन्न औषधि अर्थात धूप पाउछ । तर, लामखुट्टे धपाउन बजारमा पाईने धूप बाहेक घरेलु विकल्प पनि छन् ।
–लामखुट्टे भगाउन मच्छड धूपबाहेक अर्को विकल्प पनि छ । यसका लागि बिहान–बेलुका कोठामा कपुर जलाउन सकिन्छ । यसो गर्दा लामखुट्टे भाग्छन् । यदि वर्षायाममा किराले टोक्ने गरेको छ भने पनि नरिवलको तेलमा एक टुक्रा कपुर मिलाएर प्रभावित ठाउँमा लगाउन सकिन्छ ।
–नीमको तेललाई ढोका, झ्याल र दराजमा लगाउँदा पनि लामखुट्टेको समस्या हटेर जान्छ ।
–मुलायम कटनको टुक्रामा कपुर, दुईवटा अलैँची र ल्वाङ पोको पारेर बच्चाको छेउछाउमा राख्दा लामखुट्टे भाग्छ । या लामखुट्टे जम्मा हुने ठाउँमा पनि यस्तो पोका राख्न सकिन्छ ।
–लामखुट्टेबाट बच्न कागतीलाई काटेर त्यसमा दुई–तीनवटा ल्वाङ लगाई कोठामा राख्न सकिन्छ , जसले लामखुट्टेलाई रोक्ने काम गर्छ । किराले टोकेको ठाउँमा ल्वाङको फूल लगाउँदा पनि राहत महसुस हुन्छ ।
Leave a Reply