हेल्थ टुडे,
बीबीसी,असारः विश्वमा प्रत्येक दिन १० लाख मानिसमा यौनरोगको संक्रमण हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । हरेक वर्ष करोडौं मानिस गोनरिया, भिरिंगी, सिफलिस ट्राइकोमोनिएसिस जस्ता यौन संक्रमणसंग जुधिरहेका पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले यौनरोगको संक्रमण नियन्त्रणको गति ढिला भइरहेको तथ्यले औंल्याएको जनाएको छ । यौनरोगको संक्रमणसम्बन्धी केही रोग औषधिले समेत निको नभएको विषयमा चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
संगठनले यौन सम्बन्धका कारण हुने मुख्य चारवटा रोगको मूल्यांकन गरेको छ । मूल्यांकनबाट सन् २०१२ यता यौनरोग संक्रमणमा कमी आउन सकेको छैन । विश्व स्वास्थ्य संगठनले गरेको मूल्यांकनअनुसार विश्वभर २५ जनामा एक व्यक्ति यौन संक्रमणको सिकार हुन्छन् । ट्राइकोमोनियासिस यौन सम्बन्धले हुन्छ । जब कि गोनरिया, क्लामिडी र सिफलिस कीटाणुको कारणले हुन्छ ।
यौनरोगका लक्षण
–यस्तो रोगमा लक्षण सुरुमै देखिन्छ भन्ने छैन
–रोग भए पनि लक्षण नदेखिन सक्छ
–पिसाब फेर्दा दुख्नु
–योनिबाट पानी बग्नु
–महिनावारीमा बढी रगत बग्नु
गोनरियाले महिलालाई भित्री रूपमा गम्भीर असर गर्छ । योनि सुन्निने, बाँझोपन आउने या मुटुसम्बन्धी रोग लाग्ने हुन्छ । यो गर्भवती महिलामा भयो भने जन्मिने बच्चामा समेत असर पर्छ । जन्मिने बच्चामा विकृति या दृष्टिविहीनता हुनसक्छ । विश्व स्वास्थ्य संगठनका डा। पिटर सलमा भन्छन्,‘विश्वभर यौनरोगको संक्रमण फैलिनबाट रोक्नै सकिएको भने होइन, यो यस्तो खतरा हो कि हरेक व्यक्ति यौनरोगसित लड्न प्रयास गरिरहेका छन्, यो सुनिश्चित गर्नुपर्छ कि यो संक्रमण रोक्न र उपचारको सुविधा हुनुपर्छ ।’
संगठनले यौनरोगको संक्रमणबाट बच्न उत्तम उपाय नै सुरक्षित यौन सम्बन्ध सुझाएको छ । यौन सम्बन्धको समयमा कन्डम प्रयोग गुर्नपर्छ नै । शंका लागे उपचार गरिहाल्नुपर्छ । ब्याक्टेरियाबाट भएको यौनरोग हाल उपलब्ध औषधिले ठिक हुने गरेको अवस्था छ । तर विशिष्ट प्रकारको सिफलिस पेनिसिलिनको कमीले धेरै जटिल बनेको छ । विशिष्ट गोनरियाको उपचार पनि असम्भव जस्तै भएको छ ।
वेलक ड्रग रेसिस्टेन्ट इन्फेक्सन कार्यक्रमका प्रमुख डा. टिम जिंक भन्छन्,‘गोनरियाको सामान्य संक्रमणको उपचार पनि अति कठिन भएको छ । यसरी बढ्दै गएको संक्रमण रोक्ने प्रयास गर्नुपर्छ या पुरानो औषधिको सट्टा नयाँ औषधि खोज्नुपर्छ, जुन पुरानाले काम गर्न छोडेको छ ।’
Leave a Reply