हेल्थ टुडे,
काठमाडौं, २० चैत : कोरोना भाइरसको उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरीद गर्दा नियतबस भ्रष्टाचार गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, रक्षा मन्त्री ईश्वर पोखरेल सहित ५ जना जिम्मेवार अधिकारीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकोछ । पोखरेल उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्च स्तरीय समितिका संयोजक समेत हुन । उनकै निर्देशनमा स्वास्थ्य मन्त्री ढकालले गत हप्ता विना प्रतिस्पर्धा अत्यधिक महंगो मूल्यमा स्वास्थ्य सामग्री खरिद सम्झौता गरेका थिए । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री पोखरेल, मन्त्री ढकाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सचिव यादव प्रसाद कोइराला, स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलका सञ्चालक बिरुद्ध अख्तियारमा उजुरी गरेका हुन । त्रिपाठीले इमेलमार्फत उजुरी दिदै मुद्धा चलाउन माग समेत गरेका छन । स्वास्थ्य मन्त्री ढकाल बिरुद्घ चैत १९ गते विवेकशिल पार्टीले पनि अख्तियारमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
स्वास्थ्य मन्त्री ढकाल, रक्षामन्त्री पोखरेल सहित ५ बिरुद्ध अधिवक्ता त्रिपाठीले दायर गरे अख्तियारमा उजुरी

Leave a Reply