• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको काम प्रभावकारी भएन : लेखक

May 22nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको काम प्रभावकारी भएन : लेखक

हेल्थ टुडे,
काठमाडौं, ९ जेठ : नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले कोरोना रोकथाम र उपचारमा केन्द्र र प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएकोले कोरोना माहामारीमा अझै चुनौति थपिएको बताएका छन् । दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिकाका मेयर र उपमेयरहरुकालागि शुक्रबार आयोजना गरेको ‘कोरोना प्रकोपमा स्थानिय सरकारको चुनौती तथा केन्द्रिय र प्रदेश सरकारको भूमिका ’ बिषयक वेबिनारलाई सम्बोधन गर्दै नेता लेखकले कोरोना बिरुद्वको लडाईमा सरकारको क्षमता र नियममाथि प्रश्न उठको बताए । कोरोना रोकथाम र नियन्त्रणमा अहिले सबैभन्दा बढी चुनौति स्थानिय निकायहरुले बोहोर्नु परिरहेको स्मरण गर्दै नेता लेखकले उनीहरुलाई थप बलियो बनाउनमा सरकारले ध्यान नदिएको आरोप लगाए । उनले भने, ‘सरकारले लकडाउनलाई मात्र उपचार ठानेर कानमा तेल हालेर सुतेको देखिएको छ । विश्व स्वास्थ्य संगठनले समेत परीक्षणलाई महत्व देउ भन्दा पनि न्यून मात्रामा मात्र पिसिआर परीक्षण गरिएकोले समस्या भयाभव भएको छ । ’
सिमित साधन र स्रोतका भरमा विदेशमा रहेका आफ्ना नागरिक भित्र्याउनु पर्ने, क्वारेन्टाइन बनाउनु पर्ने, परीक्षण गराउनु पर्ने मात्र नभएर विपन्नलाई राहत पनि बितरण गर्नु पर्ने सबै जिम्मेवारी स्थानिय निकायले एकै साथ बहन गरिरहनु परेकोले स्थानिय निकायका पदाधिकारीहरुलाई सबैबाट सहयोग र हौसलाको खाचो भएको लेखकले बताए । नेपाली कांग्रेसबाट बिजयी भएका सुदूरपश्चिमका विभिन्न १९ वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी कार्यक्रममा नेता लेखकले संकटको घडीमा मात्र नेतृत्वको पहिचान हुने भएकाले कठिन परिस्थितिमा पनि जनताका सुखदुखमा दृढताका साथ काम गरिरहेकोमा सबैको कामको प्रशंसा गरे । लेखकले भने, ‘ यो चुनौति र अवसर दुबै हो । जनप्रतिनिधिले आफू जनताको अभिभावक भएको देखाउने बेला यही हो ।’ लेखकले सुदूरपश्चिम प्रदेशमा राजगारीका भारत गएकाहरु हजारौको संख्यामा फर्किरहेकोले जोखिम बढी रहेको भए पनि परीक्षण गर्ने किटको अभावले स्थिति डरलाग्दो हुने औल्याए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पछिल्ला दुई दिनमा रोजगारीका लागि भारत गएका ५ हजारभन्दा बढी सुदूरपश्चिमेली भित्रिएका र यो क्रम जारी रहेको तर उनीहरुको परीक्षण गर्ने किट अभावले स्थिति भयाभव हुन लागेको बताए । कैलालीमा ३, डडेल्धुरामा १ र बैतडीमा १ गरि सुदूरपश्चिमका शुक्रबार मात्र ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । केन्द्र र प्रदेश सरकारले साना ठूला सबै नगरपालिकालाई समान बजेट दिने गरेकाले पनि समस्या परेकोमा वडले जोड दिए । सहभागी अधिकांश मेयर र उममेयरहरुले प्रदेश र केन्द्र सरकारले परीक्षण मात्र पनि गरिदिएको भए क्यारेन्टाइनको व्यवस्थापन गर्न आफूहरुलाई सजह हुने भन्दै त्यो पनि नगरिदिएकोमा केन्द्र र प्रदेश सरकारप्रति आक्रोस व्यक्त गरेका थिए । बैतडीको मेलौली नगरपालिकाका मेयर कृष्णसिंह नायकले भारतीय सिमाबाट नेपाल भित्र्याउदा परीक्षण गरेर मात्र पठाइदिने व्यवस्था प्रदेश सरकारले गरिदिएको भए धेरै सहज हुने थियो भन्दै त्यसो नभएकाले प्रदेश सरकारको भूमिका माथि प्रश्न उठेको बताए । डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भिम साउदले केन्द्र र प्रदेश सरकारले विभिन्न नीति नियम स्थानिय निकायलाई थुपारिदिने तर आफू केही नगर्ने भन्दै प्रदेश सरकारको औचित्यमाथि प्रश्न चिन्ह लागेको बताए ।

बुढी गंगा नगरपाकिलाका मेयर दीपक शाहले केन्द्र सरकारको काम लकडाउन थप्ने मात्र हो की ? भन्ने प्रश्न गर्दै प्रदेश सरकारले सिमावाट भित्र्याउदा स्वाव मात्र लिइदिएर पठाइदिएको भए स्थानिय निकायहरुलाई क्यारेन्टाइन व्यवस्थापनमा सहज हुने धारणा राखे । कमल बजार नगरपालिकाका मेयर ओम बिष्टले स्थानिय निकायले सिमित स्रोत सधानका बिच सकेको गरिरहेको बताउदै गृह मन्त्रालयको आदेश नआएसम्म आफुले एम्बुलेन्स समेत पठाउन नसक्ने अवस्था रहेको गुनासो गरे । बैतडीको दशरथ चन्द नगरपालिकाका मेयर नरेन्द्र थापा र पाटन नगरपालिकाका मेयर केशव चन्दले कामका लागि भारत गएकाहरु भित्रिने प्रमुख नाका बैतडी झुलाघाट भएकाले नाकामा चेकजाच नगराई भित्र्याउदा पछिल्ला दिनमा जोखिम बढ्दै गएको बताए । महाकाली नगरपालिकाका मेयर हंशराज भट्ट, शुक्लाफाटाका मेयर दीलबहादुर ऐर र बाजुरकाको बडीमालिकाका मेयर पदम बडुवालले प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थापनका लागि ४ लाख बजेट दिएर झारा टार्ने काम गरेको आरोप लगाए ।
बुंगल नगरपालिकाका मेयर धजबहादुर बिष्टले आरडिटी किट मार्फत परीक्षण गराएर जनताको आखामा छारो हाल्ने काम सरकारले गरेकाले त्यो बन्द गर्नु पर्ने बताए । कैलाली उपमहानगरपाकिलाकी उपमेयर शुशिला मिश्र भट्टले लकडाउन लम्ब्याउदै जादा ठूलो संख्यामा मानिसहरुमा मानसिक समस्या आउन थालेको बताउदै यसका बिषयमा बेलैमा सोच्नु पर्ने अवस्था रहेको बताइन ।

कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपक भट्ट, दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष भोजराज जोशी, नेपाली कांग्रेस बैतडी काठमाडौं सम्पर्क समितिका अध्यक्ष दीनेश भट््ट, सचिव जनक भट्ट लगायत विभिन्न नगरपालिकाकाका मेयर र उपमेयरले आआफ्नो बिचार व्यक्त गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सुदूरपश्चिममा ३ हजार ४ सय ५६ पिसिआर बिधिबाट र १९ हजार ७ सय ८ आरडिटी बिधिबाट गरि जम्मा २३ हजार ७ सय ६४ को कोरोना परीक्षण गरिएको छ । १० जना संक्रमित भएकोमा ५ जना निको भएर घर फर्किसकेका छन भने ५ जनामा शmुक्रबार मात्र देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको चिकित्सकले जनाएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलो पटक चिकित्सकलाई पनि कोरोना संक्रमण
Next article बैतडीमा पहिलो पटक एकजनामा कोरोना पुष्टि भएपछि उच्च सतर्कता, थुनुवा कक्षमै कोरोना देखिएपछि प्रहरी कार्यालय सिल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz