• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विद्यासुन्दर सोल्टी होटेलको आइसोलेसन बसेको दैनिक ७५ हजार महानगरपालिकाले बेहोर्छ कि आफैंले तिर्छन ?

September 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विद्यासुन्दर सोल्टी होटेलको आइसोलेसन बसेको दैनिक ७५ हजार महानगरपालिकाले बेहोर्छ कि आफैंले तिर्छन ?

हेल्थ टुडे,

काठमाडौं, २८ भदौ  :  काठमाडौं उपत्यका कोरोना संक्रमणको भूमरीमा छ । हरेक दिन संक्रमितको संख्या बढ्दो छ । महानगरवासीका लागि काठमाडौं महानगरपालिकाले एउँटा पनि व्यवस्थित क्यारेन्टाइन्टाइन बनाएको छैन । तर यही महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने आफू संक्रमित भएपछि देशकै सबैभन्दा महंगो र सुविधा सम्पन्न पाचँतारे होटेल सोल्टी क्राउन प्लाजामा दैनिक ७५ हजार खर्चेर आइसोलेसनमा बसेका छन । मेयर शाक्य पत्नी र छोरासहित पाँचतारे होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसन सेन्टरमा बसेका हुन । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित तारे होटलमा सरेका छन ।

सोल्टी होटल स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित औसतमा दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ । झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिर्नुपर्छ । नागरिक स्तरबाट आलोचना हुने भन्दै महानगरपालिकाले मेयर शाक्यको होटल बसेको बिषयमा बताउन चाहेको छैन ।

पछिल्ला १२ दिनयताको होटल खर्च मात्रै ९ लाख हाराहारी पुगिसकेको स्रोतले बताएको छ । त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्छन् भन्ने प्रश्न अहिले जनताले खोजी रहेका छन । महानगरपालिकाका सूचना अधिकारी नमराज ढकालले मेयर शाक्य होटलको आइसोलेसनमा बसेको आफूलाई थाहा नभएको तर बाहिर हल्ला सुनेको बताए ।

कोरोना संक्रमण रोकथाम र उपचारमा सिन्को समेत नभाचेका मेयर शाक्यको अहिले समाजिक सञ्जालमा ब्यापक आचोलना भइरहेको छ । गतल मान्छेलाई निर्वाचित गराइएको भन्दा महानगरवासीले आक्रोस व्यक्त गरिरहेका छन । यस बिषयमा मेयर शाक्यसँग बुझ्न खोज्दा उहाँका दुई वटै मोवाइल स्विच अफ छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोभिड–१९ बारे २३ वटा अध्ययन गर्दै स्वास्थ्य अनुसन्धान परिषद्
Next article आइसोलेसनमै बच्चा जन्माइन् कोरोना संक्रमित महिलाले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz