• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यति केमले उपलब्ध गराउदै नेपालमा सबैभन्दा सस्तोमा रेम्डेसिभिर, सिप्लाबाट २० हजार भाइल आउदै, प्रति भाइल मूल्य ५ हजार ३ सय ६०

October 30th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यति केमले उपलब्ध गराउदै नेपालमा सबैभन्दा सस्तोमा  रेम्डेसिभिर, सिप्लाबाट २० हजार भाइल आउदै, प्रति भाइल मूल्य ५ हजार ३ सय ६०

हेल्थ टुडे,
काठमाडौं, १४ कात्तिक : जटिल कोरोना संक्रमितको उपचारमा विश्वमै प्रभावकारी मानिएको रेम्डेसिभिरको अभाव खट्किन नदिन र नेपालमा सबैभन्दा सस्तोमा उपलब्ध गराउन यति केम डिस्टिब्यूटर्सले फेरि २० हजार भाइल रेम्डेसिभिर नेपाल ल्याउन लागेको छ । औषधि उत्पादनमा विश्वमै प्रख्यात भारतको सिप्ला कम्पनीले उत्पादन गरेको रेम्डेसिभिरको मूल्य नेपालमा प्रति भाइल ५ हजार ३ सय ६० रुपैया उपलब्ध हुने छ ।           यति केम डिस्टिब्यूटर्सका कार्यकारी अध्यक्ष प्रभुराज वैद्यले प्रति भाइल ५ हजार ३ सय ६० रुपैया रेम्डेसिभिरको यो मूल्य नेपालमा अहिलेसम्मकै सबैभन्दा कम भएको जानकारी दिए ।   उनले भने, ‘ २० हजार भाइल रेम्डेसिभिर मध्ये एक दुई दिनभित्रै ३ हजार भाइल आइपुग्छ । त्यसपछि ५ हजार भाइल र त्यसपछि १२ हजार भाइल रेम्डेसिभिर नेपाल आउदै छ । ’

औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको मापदण्ड भित्र रहेर यति केमले संक्रमितको आवश्यकतालाई ध्यानमा राखेर सबैभन्दा पहिले भदौको दोश्रो हप्ता नेपालमा रेम्डेसिभिर ल्याएको थियो । त्यति बेला यसको मूल्य प्रति भाइल ६ हजार ४ सय रुपैया थियो । औषधि व्यवस्था विभागले जति सक्दो मूल्य घटाउन आग्रह गरेपछि उत्पादक कम्पनी सिप्लासंगको छलफल पछि समाजिक उत्तरदायित्वलाई समेत बिचार गरेर नेपालमा अहिलेसम्म आयात भएका रेम्डेसिभिर भन्दा सबैभन्दा कम मूल्य तोकिएको वैद्यले दावी गरे ।

यति केम जटिल किसिमका रोगहरु मुटु, मिर्गौला, एचआईभी, क्यान्सर लगायतका रोगको उपचारमा प्रयोग हुने औषधिको सुरुवाती आयात गर्ने प्रतिष्ठित डिस्टिब्यूटर्स हो । यतिकेम नेपालमा औषधि उत्पादनदेखि विदेशी औषधिको थोक विक्रेता हो । गत हप्तादेखि जटिल संक्रमितको संख्या बढेपछि रेम्डेसिभिरको अभाव देखिएको थियो ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अहिलेको अभावलाई कम गर्न सकेसम्म सस्तोमा उपलब्ध हुने गरि रेम्डेसिभिर ल्याउन स्विकृति दिएको बताए । सिप्लाबाट उत्पादित रेम्डेसिभिर नेपालमा प्रभावकारी रहेको कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना उपचार सहज बनाउन सःशुल्क गर्ने निर्णय : मन्त्री ढकाल
Next article सरकारी अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : कोरोना संक्रमितको उपचारमा धरौटी शुल्क नलिनु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz