हेल्थ टुडे,
काठमाडौँ, ६ बैसाख : नेपालमा पछिल्लो पटक कोरोना परिक्षण गरिएका मध्ये १९ प्रतिसतमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना संक्रमण दर (पर्सेन्टेज पोजिटिभिटी रेट) झन्डै १९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ८३ जनाको स्वाब परीक्षण गर्दा १ हजार ९६ अर्थात् १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । पछिल्ला दिनमा संक्रमित हुनेहरुको संख्या बढ्दै गइरहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ८३ पुगेको छ । केही दिनयता संक्रमण दर बढ्दै गएको छ । बुधबार संक्रमण दर १२.७२ प्रतिशत, बिहीबार १२.८६ प्रतिशत र शुक्रबार १४.६१ प्रतिशत थियो । शनिबार १४ प्रतिशत रहेकामा आइतबार १८.९५ पुगेको हो । संक्रमित हुनेमा नेपालगन्ज र काठमाडौंमा बढी छन । आइतबार काठमाडौंमा ३ सय २६ र बाँकेमा १ सय ६३ जनामा कोरोना देखिएको छ । संक्रमित हुनेमा २०–४० वर्ष उमेर समूहका धेरै छन । विद्यालय तहका बालबालिका संक्रमण हुने क्रमसमेत बढ्दै गएको छ । १९ वर्षमुनिका संक्रमित करिब १० प्रतिशत छन ।
कोरोना परिक्षण गरिएका १९ प्रतिसत पोजिटिभ,सबैभन्दा बढी काठमाडौ र नेपालगन्जमा

Leave a Reply