हेल्थ टुडे,
काठमाडौं, २२ बैसाख : पछिल्ला २४ घण्टामा २ हजार जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या १९ सय ९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरि पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् । देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।