हेल्थ टुडे,
काठमाडौं, २५ बैसाख : नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा संलग्न अस्पतालहरुले अक्सिजनको अभाव देखाएर उपचाररत विरामीलाई बेडबाट निकाल्न नहुने जनाएको छ । संघले शनिबार विज्ञप्ति प्रकाशित गर्दै नयाँ विरामी भर्ना गर्न नसकिएको, विरामीलाई आफैले अक्सिजन व्यवस्था गर्नु पर्ने र अक्सिजन अभावका कारण बिरामीहरुलाई बेडबाट हटाउनु पर्ने अवस्था आएको भनि सूचना प्रेसित भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउदै उक्त कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
संघले अहिलेको गम्भिर परिस्थितिमा उपचारमा संलग्न अस्पताललाई अक्सिजनको सहज उपलब्धता गराई अभाव नहुने अवस्था सिर्जना गर्न सरकारसंग माग गरेको महासचिव डा. बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।