• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

‘ धेरै आत्तिएर पेनिक एट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडलेभन्दा आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ ।  ’

May 11th, 2021 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘ धेरै आत्तिएर पेनिक एट्याक हुन्छ । यस्तो अवस्थामा कोभिडलेभन्दा आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ ।  ’

डाः रवीन्द्र समिर ,

दोस्रो लहरको कोरोना संक्रमणले छिट्टै निमोनिया गराउने भएको हुँदा यति बेला सबै अस्पतालमा चाँप बढेको छ ।  जसको कारण अस्पतालमा बेड पाउनु निकै कठिन भएको छ । पिसिआर पोजिटिभ आएका तथा अक्सिजनको मात्रा ९० बाट पनि घटेका व्यक्ति १ मिनेट पनि घरमा बस्नुहुँदैन  । यस्तो अवस्थामा नजिकको अस्पतालको फिभर क्लिनिकमा जानुपर्दछ । फिभर क्लिनिकमा चिकित्सकको जांच, एक्सरे आदि हुन्छ  । त्यसपछि भर्ना हुने अवस्था भएमा उक्त अस्पताललाई नै बेड खोज्नको लागि अनुरोध गर्नुपर्दछ । उपरोक्त अस्पतालमा बेड नपाएमा आफै अस्पताल खोज्दै भौतारिनु हुँदैन  । त्यहाँ रहेको ट्रली, कुर्सि, चौर, बरण्डा जहाँ भएपनि बसेर उपचार सुरु गरिहाल्नुपर्छ । अस्पतालमा बेड प्याक हुने र खाली हुने क्रम भइरहेको हुन्छ । कहिलेकाँही केहि घण्टा असजिलो अवस्थामा बसेर प्रतीक्षा गर्दा बेड पाउने सम्भावना बढी हुन्छ । ट्रली वा कुर्सीमा बसेर उपचार गरेको बेला गाह्रो भएमा अस्पतालले आकस्मिक उपचार गर्दछ वा आफै बेड खोजेर अर्को अस्पतालमा पठाउँछ ,आइसीयुमा बस्नुपर्ने अवस्था भए उपरोक्त अस्पतालले या आइसियुमा एडजस्ट गर्छ या अर्को अस्पतालमा आइसीयु खोजेर पठाउँछ । यहि बीचमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएका हटलाइन तथा फोन नम्बरमा सम्पर्क गरेर बेडको खोजि गर्न सकिन्छ  । यस्तो बेलामा उच्च मनोबलले निकै काम गर्छ । धेरै बिरामी भुईमा सुतेर भएपनि उपचार सुरु गरेर निको भएर फर्किएका छन् भने कतिपय बिरामी आरामदायी बेडको खोजीमा भौतारिदा जीवनलीला समाप्त गरेका छन् । जीवन बच्यो भने घरकै आरामदायी बेडमा सुत्न पाइन्छ ।

आफुले चिनेका अस्पतालका स्टाफ, आफ्ना जनप्रतिनिधि वा अन्य व्यक्तिसंग सम्पर्क गर्दा पनि बेड पाउने सम्भावना हुन्छ । अस्पतालको फिभर क्लिनिकमा उपचाररत भएर यी उपायको खोजी गर्नु बुद्धिमानी हुन्छ  । गाह्रो भएको बेला सुरुमै घरबाट फोन गरेर बेड पाउने सम्भावना कम हुन्छ । विषम परिस्थितिमा अप्ठ्यारो भोगेर भएपनि उपचार पाइन्छ भने यो विकल्पलाई कहिल्यै पनि नजरअन्दाज गर्नुहुँदैन  । अस्पतालमा गएका हरेक बिरामीलाई आफ्नो समस्या सबैभन्दा ठूलो र महत्वपूर्ण लाग्छ । सबै चिकित्सक तथा नर्सले आफुलाई मात्र ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ । चिकित्सक तथा नर्सको फोकस गम्भीर बिरामीमा हुन्छ । तसर्थ तपाईलाई कम महत्व दिनुको अर्थ तपाइंको अवस्था खतरा छैन भनेर पनि बुझ्नुपर्दछ । आफुलाई समस्या परेमा स्पष्ट रुपमा स्वास्थ्यकर्मीलाई बताउनुपर्दछ । शालीन ढंगले आफ्नो समस्या राख्दा राम्रो उपचार पाउने सम्भावना बढी हुन्छ ।

सबैभन्दा ठूलो कुरा त मनोबल नै हो ।  म अस्पतालमा छु, छिटोढिलो उपचार पाउँछु, बेड पनि पाउँछु र सन्चो भएर घर फर्किन्छु भन्ने तीब्र इच्छाशक्तिले तपाइंलाई बचाउने छ । कतिपय बिरामी धेरै आत्तिएर पेनिक एट्याक हुन्छ  । यस्तो अवस्थामा कोभिडको कारणले भन्दा पनि आत्तिनुको कारणले स्वास्थ्य जटिल हुन्छ  । एक सर्को सास बाँकी छउन्जेल आत्मबल कायम रह्यो भने त्यहि एकसर्को सासले हामीलाई जीवनको सुन्दर बिहानीमा पुर्याउँछ  । आत्मबल कमजोर भएमा स्वास्थ्य राम्रो भएपनि आकस्मिक घटना घट्न सक्दछ ।  तसर्थ उपचार र आत्मबल एकै सिक्काका २ पाटा भएको तथ्य कहिल्यै बिर्सिनु हुँदैन  कहिल्यै पनि आत्मबलभन्दा रोग ठूलो हुँदैन ।

( डा. समिर जनस्वास्थ्य विज्ञ हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना संक्रमित  भएर घरमै आइसोलेसनमा बस्दा अक्सिजनको मात्रा घट्न थाले यी उपाय अपनाउनुस्
Next article पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz