हेल्थ टुडे,
काठमाडौं, २६ जेठ : परराष्ट्रमन्त्री एवं उपप्रधानमन्त्री रघुवीर महासेठले नेपालका लागि भारतीय राजदूत श्रीविनयमोहन क्वात्रासँग भेट गरि (कोभिड–१९) कोरोना भाइरस खोप ल्याउन सहजिकरण गरिदिन आग्रह गरेका छन । बुधबार राजदूत क्वात्रासँगको भेटमा महासेठले सो आग्रह गरेका हुन ।
नेपालले तिन महिना पहिले १० लाख खोप खरिद गर्न अग्रिम पैसा भुक्तानी गरिसकेको भए पनि भारतको खोप उत्पादक कम्पनीले सेरमले अहिलेसम्म नेपाल पठाएको छैन । त्यहाको सर्वोच्च अदालतले भारतीय नागरिकले खोप नपाउन्जेलसम्म खोप अर्को देशलाई बेच्न नपाइने आदेश दिए पछि सेरमले खोप दिन आलटाल गरिरहको छ । तर नेपालले भने अग्रिम भुक्तानी भइसकेको खोप र थप अरु खोप पनि नेपाल ल्याउन सहजिकरण गरिदिन आग्रह गर्दै आइरहेको छ ।