हेल्थ टुडे,
काठमाडौं, २६ जेठ : संसारमै पहिलो पटक एक महिलाले एकै पटक १० जना बच्चा जन्माएकी छन् । दक्षिण अफ्रिकाकी ३७ बर्षिय गोसियामे थमराले एकै समयमा १० जना बच्चा जन्माएकी हुन । बीबीसीका अनुसार यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्छ । यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् । जन्मिएका बच्चाहरुमध्ये ७ बालक र ३ बालिका छन् । बच्चाहरुको र सुत्केरीको अवस्था समँन्य रहेको प्रसूतिरोग विज्ञहरुले जनाएका छन् ।
३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।