हेल्थ टुडे,
काठमाडौँ, ४ असार : विश्व बैंकले कोभिड–१९ को महामारी उत्थानशील पुनरुत्थानका लागि नेपालका लागि १५ करोड अमेरिकी डलर (१७ अर्ब ५५ करोड) विकास नीति ऋण प्रदान गर्ने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले बिहीबार ऋण स्वीकृति दिएको विश्व बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘महामारीको सामाजिक र आर्थिक प्रभावको अवस्थामा हाम्रो प्राथमिकता प्रभावित जनसंख्यालाई तत्काल राहत पु¥याउने र नेपालको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा सघाउने हो,’ विश्व बैंकका लागि नेपालसहित श्रीलंका र माल्दिभ्सका निर्देशक फारिस हदाद जर्भोसलाई उद्धृत गर्दै विश्व बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वृद्धि, पुनरुत्थान र उत्थानशीलताका लागि पद्धतिगत वित्तीय नीति कार्यक्रमले नेपालको कर र भन्सार प्रणाली, ऋण व्यवस्थापन र सार्वजनिक पुँजी खर्चसहित संस्थागत र नियमनकारी भूमिका सुदृढीकरणका लागि सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ ।