हेल्थ टुडे,
काठमाडौं, २५ असार : एक डोज मात्र लगाए पुग्ने कोरोना खोप यसै हप्ता नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप आगामी सोमबारसम्म काठमाडौं आइपुग्ने भएको हो ।
काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले पनि खोप आउन लागेको पुष्टि गरिन् । उनले भनिन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार हो । यससम्बन्धी विस्तृत जानकारी छिट्टै दिनेछौं ।’ अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको यो खोप एक मात्रा लगाए पुग्छ ।