हेल्थ टुडे,
काठमाडौं, २३ साउन : जापानबाट पहिलो चरणमा ५ लाख १३ हजार डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापान सरकारले पठाउने भनेको १६ लाख डोज खोपमध्ये पहिलो चरणमा आज शनिबार ५ लाख १३ हजार डोज खोप आइपुगेको हो ।
आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य तथा जनस्ंख्या मन्त्रालयलले जनाएको छ ।
कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।