हेल्थ टुडे,
काठमाडौं, भदौ १८ : नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा (लाइसेन्स) ७० दशमलब ९२ प्रतिशत उत्तीर्ण भएका छन् ।
आज भएको परीक्षामा ४८० विशेषज्ञ चिकित्सकमध्ये ४७८ जना सहभागी थिए। जसमध्ये ३३९ जना चिकित्सक उत्तीर्ण भएका हुन् । १३० जना फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार ९ जना चिकित्सकको नतीजा रोकिएको छ ।