हेल्थ टुडे,
काठमाडौं, ५ कार्तिक : ज्वरो नघटेपछि शुक्रबार वीर अस्पताल भर्ना भएका पूर्व पर्यटन मन्त्री एवं एमाले नेता योगेश भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । उनको स्वास्थ्य जाँच गरिएको र सबै रिपोर्ट आए पछि के कारणले ज्वरो बढेको हो भन्ने विषयमा भन्न सकिने चिकित्सकले बताएका छन् । भट्टराई गत तीन दिनदेखि अस्वस्थ थिए । एमालेको शुक्रबार बसेको बैठकले नेता भट्टराईको स्वास्थ्य लाभको कामना गरेको छ ।