हेल्थ टुडे,
काठमाडौं, २७ कार्तिक : पुर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुलाई रक्सी पिउँने बानी भए त्याग्न आग्रह गरेका छन् । पार्टी निकट समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई शक्रबार सम्बोधन गर्दै नेपालले रक्सी खाएको थाहा पाएँ आफूलाई राम्रो नहुने बताए । उनले भने, ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’ ।
पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको बताउदै पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनको भनाई थियो ।
‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’ । नेपालले स्वास्थ्यका लागि समेत रक्सी पिउँन छोड्नु पर्नेमा जोड दिए ।