• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

शिविर कुरेर बस्छन् मोतीबिन्दुका बिरामी

November 30th, 2021 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शिविर कुरेर बस्छन् मोतीबिन्दुका बिरामी

आनन्द गौतम,

ताप्लेजुङ, १४ मंसिर देब्रे आँखाको पट्टी फुकाएपछि मिक्वाखोला गाउँपालिका ३ लिङखिमकी आसमती लिम्बूलाई शल्यक्रिया गर्ने डाक्टर अंकिता शर्माले सोधिन्, ‘आमा आँखा देख्नुभयो ?’ उनले एउटा आँखाले मात्रै देखेको प्रतिक्रिया दिएपछि अंकिताले अर्को आँखामा पनि जालो परेकाले शल्यक्रिया गर्न सुझाइन् । छोराको साथमा आएकी आसमती दोस्रो आँखाको पनि शल्यक्रिया गर्न राजी भइन् । भोलिपल्टै अर्को आँखाको पनि पट्टी खोलेर परीक्षण गरेपछि डाक्टर शर्माले यही प्रश्न दोहो¥याइन् । कान पनि कम सुन्ने र मातृभाषामा बढी बोल्ने उनलाई छोराले कानको नजिकै मुख पु¥याएर आमा खुसी इखुकिम्मु (खुसी हुनुभयो) भनेर सोधे । उनले आशीर्वाद दिँदै भनिन्, ‘खुसी भयो नानी, तिमीलाई राम्रो होस् ।’ सदरमुकाम फुङलिङबाट पाँच घण्टाको यात्रामा पुगिने लिवाङकी उनलाई शिविर आएर परीक्षण गराउन डेढ वर्षदेखि पर्खेका थिए । कात्तिक २८ देखि ३० सम्म शिविर सञ्चालन हुने सूचना एफएममा सुनेपछि गाडीमा लिएर आए र दुवै आँखाको शल्यक्रिया गरेर फर्किए । फुङलिङ–३ का रघुनाथ न्यौपानेले पनि यही मौका छोपे । सदरमुकाम नजिकै घर भएका न्यौपाने पनि शिविरको प्रतीक्षामा थिए । छोराहरू परदेस गएपछि श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका उनका आँखा छ महिनायता ठप्प भएका थिए ।

सदरमुकाम फुङलिङमा रहेको डिचेन डोङगला आँखा उपचार केन्द्रमा आएर जचाँएका उनलाई स्वास्थ्यकर्मीले इटहरी वा झापामा गएर वा शिविर आएका बेला शल्यक्रिया गर्न सुझाव दिएका थिए । आँखा चिलाउँदा, बिझाउँदा धामीझाँक्रीकामा गएर झारफुक गराउँथे, अनि आँखा उपचार केन्द्रमा आएर शीतल पार्ने औषधि लगेर लगाउँथे ।

पहाडका आँखामा समस्या हुनेहरू प्रायः शिविरकै पर्खाइमा बस्ने गरेका छन । नेत्रज्योति संघका क्लिनिक इन्चार्ज काजी गुरुङ आफूहरूको सिफारिसमा इटहरी आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने बताउँछन् । तर साथीसहित लिएर जानुपर्ने भएकाले शिविरै पर्खेर बस्नुपरेको रघुनाथ बताउँछन् । २०५४ देखि आँखा उपचार केन्द्रलाई सहयोग गरिरहेका सेवा फाउन्डेसनका निर्देशक रामप्रसाद कँडेल सुरुवाती दिनमा शिविरमा ल्याउनै हम्मे भएको तर अहिले तत्काल बाहिर पठाउन समस्या भएको बताउँछन् ।

२०५४÷५५ सालमा शिविर सञ्चालन गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘दिनभरि परीक्षण गरेर अप्रेसनका लागि तयार पा¥यो बेलुका राति नै भागी दिन्थे ।’ आँखा निकालिदिन्छ, गोरुको आँखा लगाइदिन्छ, काटेर भताभुंग बनाइदिन्छ भन्ने हल्लाका कारण भाग्ने गरेको उनले सुनाए । अहिले आँखाको उपचार गराउनुपर्छ भन्ने भए पनि तत्काल उपचार गर्नुपर्छ भन्ने सन्देश गाउँ बस्तीमा पु¥याउन नसकेको उनले स्विकारे ।

डाक्टर अंकिताका अनुसार मोतीबिन्दु लामो समयसम्म भए आँखा पाक्ने र जलबिन्दु हुन सक्ने खतरा हुन्छ । ‘मैले यसअघि गाउँमा गएर अप्रेसन गर्दा धेरै पाकेको भेटेको थिए,’ उनले भनिन्, ‘यसरी अप्रेसन गर्दा आँखाको ज्योती जति आउनुपर्ने हो त्यति नआउन पनि सक्छ ।’

आफ्ना अग्रज डाक्टरले भनेको सुन्दाको भन्दा अहिले मानिसहरूमा चेतना आए पनि अझै कहींकतै समस्या रहेको उनले सुनाइन् । कँडेल भने अब प्रत्येक महिना वा दुई महिनामा जिल्लाका उपचार केन्द्रमा डाक्टर बस्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । स्थानीय तहका सरकारले सहयोग गरे त्यसरी डाक्टर घुमाउन सकिने उनले बताए ।

‘हामी भिडियोमार्फत विशेषज्ञ डाक्टरले हेर्ने र सल्लाह दिने प्रविधिको पनि प्रयोग गर्ने प्रयासमा छौं,’ कँडेलले भने, ‘तत्काल शल्यक्रिया वा अन्य उपचार गर्नुपर्ने भए परीक्षणपछि बोलाइहाल्ने ।’ दुर्गम गाउँमा जन्मनु कुनै अपराध नभएको बताउने कँडेल उपचार सेवा पु¥याउन नसक्नुचाहिँ कमजोरी भएको बताउँछन् । नेत्रज्योति संघ ताप्लेजुङको तथ्यांकअनुसार ताप्लेजुङमा ६६ र त्यही टोलीले मंसिर २ देखि ४ गते पाँचथरको कुम्यायक गाउँपालिकामा २८ जनाको शल्यक्रिया गरेको थियो । ६ जनाको साधारण शल्यक्रिया भयो । दुवै ठाउँमा गरी ६ सय १२ जनाले आँखाको परीक्षण गराएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने
Next article नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz