हेल्थ टुडे,
काठमाडौं, १९ मंसिर: स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले महिला स्वास्थ्य सेविकाले गरिरहेको स्वास्थ्य सेवाको महत्व स्थानिय तहले बुझ्नु पर्ने बताएका छन् । १८ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रम राज्यमन्त्री खापुङले केन्द्र सरकारसँगै स्थानिय तहले पनि उहाँहरुको महत्व बुझेर सेवासुविधा बढाउनु पर्नेमा जोड दिए । स्वयं सेविकाहरुले समाज निरोगी बनाउन ठूलो भूमिका खेलिरहेको दावी गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन सरकार सकारात्मक रहेको उनको भनाई थियो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलकुमार शर्माले देश भरि ५२ हजार भन्दा बढी महिला स्वास्थ्य स्वयं सेविकाले सेवा गरिरहेको जानकारी दिदै उनीहरुको योगदानको कदर गर्न मन्त्रालयले सक्दो काम गरिरहेको बताए । गाउँघरमा उनीहरुले प्रदान गरिरहेको स्वास्थ्य सूचना र सेवाका कारण नेपालबाट वालमृत्यु र मातृमृत्युदर घटेको दावी समेत शर्माले गरे । कार्यक्रममा नर्सिड तथा समाजिक सुरक्षा महासाखा प्रमुख गोमा निरौलाले स्वयं सेविकाहरुका लागि सक्दो सेवा सुविधा बढाउदै लगिएको बताइन । अहिले सरकारले स्वयं सेविकाहरुलाई तामिल भत्ता, पोसाक भत्ता र जिल्ला अस्पतालसम्म निशुल्क उपचार सेवा लगायतको सुविधा दिने गरेको छ । स्वास्थ्य स्वयं सेविका सर्मिला खत्रीले सेवा सुविधा बढाउन तिर राज्यले ध्यान दिनु पर्ने बेला आइसकेको बताइन ।
महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउन सरकार सकारात्मक

Subscribe
Login
0 Comments